राष्ट्रिय
-
२०७६ आषाढ ३०, सोमबार
आमालाई पोषण भत्ता, बालबालिकालाई पोशाक र झोला
कपुरकोट गाउँपालिकामा सुत्केरीलाई पोषण भत्ता र बालबालिकालाई पोसाक तथा झोला वितरण गरिएको छ । आज कपुरकोट गाउँपालिका–५ रिमले वडाभित्रका ९० जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो । सुत्केरी आमालाई पोषणको मात्रा पु¥याउनका लागि वडा कार्यालयले सुनौला हजार दिनभित्रका आमालाई जनही एक हजार ३०० का दरले पोषणभत्ता वितरण गरेको हो । पोषक तत्व कमी भएका सुत्केरी महिलालाई पोषण तत्व पूरा गर्नका लागि वडा...
-
२०७६ आषाढ ३०, सोमबार
३८ दलित परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण
यहाँका ३८ दलित घर परिवारलाई निःशुल्क सिलाइ मेशिन वितरण गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत वालिङ नगरपालिका–१४ वडाका पारीथोक दमै गाउँका ३६ र सोही वडाको कोखे र तमादीका एक÷एक जना गरी कूल ३८ जनालाई मेशिन हस्तान्तरण गरिएको हो । महिलालाई स्वरोजगार र पेशाप्रति दक्ष बनाई आत्मनिर्भर बन्न अभिप्रेरित गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले तीन महीना तालीम प्रदान गरेपश्चात् निःशुल्क सिलाइ मेशिन...
-
२०७६ आषाढ ३०, सोमबार
दोहोरो सरकारी सेवा लिन नपाइने
निवृत्तिभरण पाइरहेका अवकाश प्राप्त राष्ट्रसेवकले अर्को सरकारी नियुक्ति पाएमा दोहोरो निवृत्तिभरणलगायत अन्य सेवा सुविधासमेत लिन नपाइने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको प्रस्तावित सङ्घीय निजामती सेवा, गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमा सो सहमति जुटेको हो । आजको बैठकमा दोहोरो निवृत्तिभरण लिन नपाइने विधेयकको बुँदामा सहमति जुटेको हो । बैठकमा निजामती सेवामा...
-
२०७६ आषाढ ३०, सोमबार
फोनिज गण्डकीको अध्यक्षमा मगर
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकी प्रदेशको अध्यक्षमा एमबी मानबहादुर आस्था मगर सर्वसम्मत निर्वाचित हुुुनुभएको छ । आइतबार अबेर सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट आस्था कास्की को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । त्यसैगरी उपाध्यक्षमा दिल शिरिष बागलुङ उपाध्यक्ष महीलामा कमला राना नवलपुर महासचिवमा रुद्र श्रीसमगर कास्की, सचिवमा खिमा गुरुङ सङ्गठन...
-
२०७६ आषाढ ३०, सोमबार
चार सय गैरसरकारी संस्था खारेज
संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिनुभयो । “संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो”, प्रजिअ पौडेलले भन्नुभयो, “...
-
२०७६ आषाढ ३०, सोमबार
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको...
-
२०७६ आषाढ ३०, सोमबार
सन्तान आफ्नो हो होइन शङ्का गर्छन् आमाबाबु
साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुग्नुभयो । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उहाँ अदालत हुँदै यहाँसम्म आइपुग्नुभएको थियो । वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताउनुभयो । पटकपटकको झगडापछि उहाँले...
-
२०७६ आषाढ ३०, सोमबार
एक सय ४६ घरपरिवारलाई सौर्य ऊर्जा वितरण
विद्युत्को केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा सौर्य ऊर्जा वितरण गरिएको हो । मन्त्रालयको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशत लगानीमा दुई नम्बर वडाका ५३ घर र ६ नम्बर वडाका ९३ घरपरिवारले सौर्य ऊर्जाको सुविधा उपभोग गर्न पाउने भएका छन् ।...
-
२०७६ आषाढ ३०, सोमबार
सातौँ धाम शैल्यशिखर पूजन जात्रा लाग्दै
देशकै सातौँ धामका रूपमा रहेको शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पूजन जात्राको यात्रा आरम्भ भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन लाग्ने शैल्यशिखर मालिकार्जुनको पूजन जात्राको यात्रा आज बिहानदेखि आरम्भ भएको हो । दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर...
-
२०७६ आषाढ ३०, सोमबार
हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत
गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई रु ४९ लाख २२ हजार ५० राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताउनुभयो । हिमपातले कृषकले पालेका...
-
२०७६ आषाढ ३०, सोमबार
पाताले छाँगोः लोभ्याउँदै पर्यटक
पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । यहाँका प्राकृतिक सम्पदाले पोखरा आउने जोकोहीलाई अर्को पल्ट फेरि आउने निम्ता दिने गरेको पाइन्छ । प्रकृतिलाई नजीकबाट नियाँलेर आनन्द लिन अवसर पोखरामा रहेका विभिन्न प्राकृतिक दृश्यहरुले प्रदान गरेको छ । विशिष्ट प्राकृतिक गुणले पर्यटकलाई लोभ्याउने पोखराको आकर्षक गन्तव्यमध्येको एक हो पाताले छाँगो । पोखरा महानगरपालिका–१७ स्थित छोरपाटनमा...
-
२०७६ आषाढ ३०, सोमबार
सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको हो । साथै...


