STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ ३१, मंगलबार

    विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

    गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्नुभएको छ । सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गर्नुभएको हो । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित...

  • २०७६ आषाढ ३१, मंगलबार

    वन समूह पुरस्कृत

    डिभिजिन वन कार्यालय तनहुँले जिल्लाका छ वटा वन समूहलाई मङ्गलबार पुरस्कृत गरेको छ । वन क्षेत्रको विकासमा सफल भएका सामुदायिकका तीन र कबुलियतीका तीन वन समूहलाई नगदसहित पुरस्कृत गरिएको हो । जिल्लामा सामुदायिकतर्फ ६१३ र कबुलियतीतर्फ ४८५ वटा वन समूहमा आबद्ध रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पुरस्कृत हुनेमा सामुदायिक वनतर्फ म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक प्रथम, व्यासनगरपालिका –११ स्थित...

  • २०७६ आषाढ ३१, मंगलबार

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

    प्रदेश नं ३ का नति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिनुभएको छ । आज रासससँग कुरा गर्दै डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै...

  • २०७६ आषाढ ३१, मंगलबार

    दलित समुदायका लागि १९२ आवास घर बन्दै

    दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश स्थानीय तहमा ती घर बन्ने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७÷१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५÷१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण...

  • २०७६ आषाढ ३१, मंगलबार

    ललितपुर विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

    निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका सयौँ घर डुबानमा परेका छन् । यसैगरी ग्वार्को...

  • २०७६ आषाढ ३१, मंगलबार

    पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

    पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बाँकी क्यासिनो पनि क्रमशः...

  • २०७६ आषाढ ३१, मंगलबार

    छोटो पदयात्रा मार्ग र घरवासलाई प्रवद्र्धन गर्दै हाइकर्स क्लब

    हाइकर्स क्लब नेपालले पोखरा र आसपासका छोटो दूरीको पदयात्रा हाइकिङ एवं सञ्चालन भएका घरवास कार्यक्रमको प्रवद्र्धन शुरु गरेको छ । पोखरामा क्रियाशील ६० युवा विद्यार्थी तथा व्यवसायीसमेतलाई समेट्दै गठित क्लबले प्रत्येक महीनाको अन्तिम शनिबार एकदिने हाइकिङसहित वरपर सञ्चालित घरवास कार्यक्रमको प्रवद्र्धन गर्न थालेको हो । क्लबले हालसम्म पोखराबाट शान्ति स्तुपा, निर्मलपोखरी, अष्टे«लियन क्याम्प र काहुँकोट...

  • २०७६ आषाढ ३१, मंगलबार

    मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

    जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं  बुढ्थापा र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हुनुहुन्छ । नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उहाँहरुलाई रु १५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने...

  • २०७६ आषाढ ३१, मंगलबार

    मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा, १५ को उत्पादन रोक्का

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिङ्किङवाटर र पञ्चकन्या ड्रिङ्किङवाटर उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख...

  • २०७६ आषाढ ३१, मंगलबार

    खर्कदेखि गोठसम्मको सहयोगी भोटे कुकुर संरक्षण गरिँदै

    सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ । विश्वमा नै...

  • २०७६ आषाढ ३१, मंगलबार

    विद्यालय दिउँसो चलाउन अटेर

    बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिइए पनि केही विद्यालयले अटेर गरेपछि सोमबार पुनः परिपत्र गरिएको शिक्षा शाखाका उपसचिव...

  • २०७६ आषाढ ३१, मंगलबार

    श्रावण २ र १० गतेको नेपाल बन्द फिर्ता !

    लोकसेवाको विज्ञापन असमावेशी भएको भन्दै संघषरत् आदिवासी जनजाति महासंघ एवं बिभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा गैर्दै आइरहेको आन्दोलनको क्रममा आज मंगलबार काठमाडौंको विभिन्न क्षेत्रमा विरोध जुलुलका साथै माइती मण्डलामा सभाको आयोजना गरेको छ । उक्त सभामा सरकारले संविधानको भावना तथा मर्म विपरीत लोकसेवाको विज्ञापन सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै विरोध गरेको छ । सभामा बिभिन्न आदिवासी जनजाति नेताहरुले...

Pages