STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २८, मंगलबार

    द्वन्द्वमा बन्द ठूला चामल उद्योग खण्डहरमा परिणत

    दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारका रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन् ।  टीकापुर र नारायणपुरका चामल उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो । तिकुनियाँबाट भैरहवा नाका हुँदै चामल नेपाल...

  • २०७६ जेठ २८, मंगलबार

    रुपाकोटमा भ्यू टावर बनाउन शुरु

    खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजनामा राखिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा परेको ‘मुन्धुम ट्रेल’...

  • २०७६ जेठ २८, मंगलबार

    महिला र अशक्तलाई छुट्टै टिकट काउण्टर

    भरतपुर अस्पतालमा महिला र अशक्त बिरामीलाई लक्षित गरेर छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो । हाल सञ्चालनमा रहेका टिकट काउण्टरलाई व्यवस्थित गर्दै महिला र ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको...

  • २०७६ जेठ २८, मंगलबार

    म्याग्दीमा सैनिक बोर्ड स्थापना

    म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गर्नुभएको हो । भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले भारत सरकार र नेपाल सरकारबीचको...

  • २०७६ जेठ २८, मंगलबार

    माइतीघर मण्डल घटनाको सरकारले नैतिक जिम्मेवारी लिन्छः गृहमन्त्री

    गृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न  सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर स्थानीय माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे जानकारी दिँदै उहाँले उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने स्पष्ट पार्नुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “शान्तिपूर्ण विरोध प्रदर्शन गरेका कारण नभई सार्वजनिक...

  • २०७६ जेठ २८, मंगलबार

    पर्यटकीय गन्तव्य बन्दै याङ्जाकोटको प्राचीन पोखरी

    कास्कीको मादी गाउँपालिका याङ्जाकोटस्थित प्राचीन पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । खानेपानीको सङ्कटलाई केही हदसम्म भए पनि सुलभ बनाउने लक्ष्यका साथ पुर्खाले झण्डै साढे दुई सय वर्षअघि खनेको पुरानो र ऐतिहासिक महत्व बोकेका सो पोखरीको संरक्षण तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको हो । समुन्द्री सतबाट झण्डै एक हजार ४०० मिटरको उचाइमा चार रोपनी क्षेत्रफलमा पैmलिएको सो...

  • २०७६ जेठ २८, मंगलबार

    भूमिहीन अझै उस्तै

    यहाँको जुनीचाँदे गाउँपालिका–४ का झुपे तिरुवाको आफ्नो नाममा जग्गाधनी प्रमाण पुर्जा लालपुर्जा छैन । उहाँ ज्याला मजदुरी गरेरै जीविका चलाउँदै आउनुभएको छ । तिरुवा जस्तै  छेडागाड नगरपालिका–५ दशेराका कर्णबहादुर टमटाको नाममा एक टुक्रा पनि जमीन छैन । उहाँ दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट भर्दै आउनुभएको छ । यी दुई परिवार मात्र होइन, जिल्लाभरि २०२ दलित परिवार भूमिहीन छन् । उनीहरुको नाममा जग्गाधनी...

  • २०७६ जेठ २८, मंगलबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

    बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् ।    यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको वार आफैँ...

  • २०७६ जेठ २८, मंगलबार

    विज्ञान सडक मेला शुरु

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले  समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, उद्योग, जलस्रोत, पर्यटन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्ट ले आज आयोजना गरेको ‘विज्ञान सडक मेला –२०७६’ को उद्घाटन गर्दै कावा प्रधानमन्त्री पोखरेलले यी पाँच क्षेत्रमा वैज्ञानिकलाई विशेष योगदान दिएर...

  • २०७६ जेठ २८, मंगलबार

    नसकिने भयो दिपायल विमानस्थलको काम

    डोटीको दिपायल विमानस्थलको कालोपत्रको काम तोकिएको समयमा सम्पन्न हुनसकेको छैन । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माणकार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दासमेत दिपायल विमानस्थलको निर्माणकार्य भने अझै अधुरो छ । विसं २०५८ बाट बन्द भएको यो विमानस्थल पुनःसञ्चालनका लागि काम शुरु भएको थियो । तर दोस्रोपटक म्याद थप भएको समयमा पनि कालोपत्रको काम भने नसकिने अवस्था देखिएपछि स्थानीय...

  • २०७६ जेठ २८, मंगलबार

    खप्तडमा गङ्गादशहरा मेला शुरु

    सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठमा लाग्ने गङ्गादशहरा मेला शुरु भएको छ । उक्त मेला भर्नका लागि खप्तड क्षेत्रमा स्वदेशी तथा विदेशी हजारौँ तीर्थालु तथा पर्यटकहरु पुगेको खप्तड मेलामा पुग्नुभएका उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडमा मेला भर्न पर्यटक तथा तीर्थालुहरु हजारौँको सङ्ख्यामा पुगेका छन्, निकै रमाइलो भएको छ ।”...

  • २०७६ जेठ २८, मंगलबार

    कर्णालीमा कृषकको पहिचान गर्न माग

    कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् ।  कृषक समूह महासङ्घ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।  बजेटमार्फत किसानको पहिचान, वर्गीकरण, परिचय–पत्र वितरण र सामाजिक सुरक्षा ९पेन्सन० को...

Pages