STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २८, मंगलबार

    सङ्घीयतापछि फेरिए ‘नेपाली नोट नचल्ने’ गाउँ

    बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिका सीमावर्ती गाउँ दुई वर्ष अघिसम्म ‘नेपाली नोट नचल्ने’ ठाउँका रुपमा परिचित थिए । हुन पनि ती गाउँमा नेपाली नोट विरलै साटिन्थे । विभिन्न कामको सिलसिलामा राप्तीपारिको सीमावर्ती गाउँ पुग्ने जो कोहीका लागि नेपाली नोट कागजको खोस्टा साबित हुन्थे । नेपाली नोट नचल्ने ती गाउँ जान चाहने जो कोहीलाई ‘भारतीय नोट’को जोहो गर्नुपथ्र्यो । नेपाली नोट बोकेर जाँदा भोकभोकै...

  • २०७६ जेठ २८, मंगलबार

    रु एक लाखबाट कुलो पुनः सञ्चालन

    कनकासुन्दरी गाउँपालिका ४,५,६, वडाका पाँच हजार मुरी धान खेतीमा प्रयोग हुने पानी कुलो बन्द भएकामा ढडारो मस्टोका धामी मुक्तिप्रसाद उपाध्यायले रु एक लाख सहयोग गरेपछि पुनः सञ्चालनमा आएको छ । स्थानीय सरकार र त्यहाँका अगुवाले मार्सी धान रोप्ने याम जाने बेलासम्म पनि कुलो नबनाउँदा आफूलाई असह्य भएकाले आर्थिक सहयोग गरी कुलो सञ्चालनमा ल्याइएको समाजसेवी पनि रहनुभएका उपाध्यायले बताउनुभयो । सिञ्जाकै अन्तिम...

  • २०७६ जेठ २८, मंगलबार

    बाख्रापालनबाट गाउँमै लाखौं कमाइ

    सात वर्षअघि युरोपमा करीब डेढ दशकको बसाइलाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्कनुभएका बेनी नगरपालिका–३ भकिम्लीका ४२ वर्षीय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्दै आउनुभएको छ । झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै हिन्दी चलचित्रको कल्पना जस्तै लागे पनि नपत्याई भने धरै छैन । विदेशमा रहँदा पैसा कमाउनु त कताकता...

  • २०७६ जेठ २८, मंगलबार

    सडक बनाउन सडक अवरोध

    चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही क्षेत्रका स्थानीयवासीले दुःखेसो पोखेका छन् । सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी...

  • २०७६ जेठ २८, मंगलबार

    प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

    ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको आज बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले नाला निर्माणको शुभारम्भ गर्नुभयो । अध्यक्ष थापाले विकास सँगसँगै रोजगारी दिने सरकारको...

  • २०७६ जेठ २८, मंगलबार

    विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो शिक्षामन्त्री पोखरेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताउनुभएको छ । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्नुहुँदै उहाँले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न शिक्षकलाई निर्देशन दिनुभयो । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवको...

  • २०७६ जेठ २८, मंगलबार

    दुर्घटना रोक्न सवारी गति निर्धारण

    महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ ।   प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण...

  • २०७६ जेठ २८, मंगलबार

    भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन

    सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी ९प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तर०को निर्णयबाट सातै...

  • २०७६ जेठ २८, मंगलबार

    प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको...

  • २०७६ जेठ २८, मंगलबार

    कृषक समूहलाई हाते ट्र्याक्टर

    गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्र्याक्टर वितरण गरेको हो । मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा रु दुई लाख २५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर वितरण...

  • २०७६ जेठ २८, मंगलबार

    दिवा खाजाले विद्यार्थी वृद्धि

    जिल्लाको आदर्श गाउँपालका–६ गरिचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । उक्त विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन शुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको सङ्ख्या एकाएक बढेको हो । पहिले विद्यालय उमेर समूहका धेरै बालबालिका घरमा नै बस्ने, विद्यालयमा भर्ना भएका विद्यार्र्थीको पनि नियमित...

  • २०७६ जेठ २८, मंगलबार

    छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

    नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक...

Pages