STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १२, आइतबार

    सहकारीबाट महिला आत्मनिर्भरतर्फ उन्मुख

    रामपुर नगरपालिका–१० पाल्पाका महिला सहकारीलाई सहारा बनाएर कृषि कर्ममार्फत आत्मनिर्भर हुन थालेका छन् । बाख्रा, भैँसी, बङ्गुर, कुखुरापालन तथा तरकारीखेती गरेर आत्मनिर्भर बनेका महिला पछिल्लो समय भने तराईतिरबाट उन्नत जातका भैँसी ल्याएर पालन शुरु गरेका छन् । आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ऋण लिएर महिलाले यतिबेला भैँसी पालन व्यवसाय शुरु गरेका हुन् । आफूलाई चाहिएको टिका, पोते, सिन्दुरका...

  • २०७६ जेठ १२, आइतबार

    नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

    मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७।७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताउनुभयो । नगरपालिकाले आयतर्फ आन्तरिक...

  • २०७६ जेठ १२, आइतबार

    तल्लो मोदीखोलाबाट असार पहिलो सातादेखि परीक्षण उत्पादन

    पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ ।उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल...

  • २०७६ जेठ १०, शुक्रबार

    पदमराज ढकालको एकल साँझ काठमाडौंमा

    लोकगायक एवं गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौँमा हुने भएको छ । जेठ १८ गते काठमाडौँको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करीब १४ गीत प्रस्तुत गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त कार्यक्रममार्फत बचत भएको रकम कलाकार उपचार कोष तथा स्रष्टा सम्मान कोषमा जम्मा गरिने पदमराज ढकाल एकल साङ्गीतिक कार्यक्रम–२०७६ का मूल आयोजक समितिका...

  • २०७६ जेठ १०, शुक्रबार

    छाडा चौपाया व्यवस्थापनको चुनौती

    नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्य चोकमा मात्र होइन, गल्लीमा सयाँैको सङ्ख्यामा भेट्न सकिन्छ ।  केही समयअघि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको आग्रह नेपाली सेनाले नमानेपछि नेपालगञ्जको पुरैनीको खुल्ला...

  • २०७६ जेठ १०, शुक्रबार

    ‘मोयाकै नाम प्यारो’ बजारमा

    ‘राम्रो फूल गाउँमै फूले त गीतसहित साङ्गीतिक क्षेत्रमा पहिलोपटक विसं २०५९ मा म्युजिक भिडियोसहित सार्वजनिक भएकी गायिका अनिता पन्त यतिखेर ‘मोयाकै नाम प्यारो’ गीतको लोकदोहोरी भिडियोसहित बजारमा आउनुभएको छ । गायक तथा सर्जक रमेशबाबु थापाको लय तथा शब्द रहेको गीतको भिडियोमा गायिका पन्तले स्वर दिनुभएको छ । भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनका साथै रमेशबाबु र सुप्रिया रानाको अभिनय छ । विश्वास...

  • २०७६ जेठ १०, शुक्रबार

    तिलोत्तमामा भू–उपयोग मापदण्ड २०७६ जारी

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरेर भू–उपयोग मापदण्ड, २०७६ जारी गरेको छ । नगरपालिकाले यसअघि लागू गरेको जग्गा विकाससम्बन्धी मापदण्ड, २०७४ खारेज गरी उक्त मापदण्ड ल्याएको हो । कृषि, वन, नापी तथा सरोकार भएकाहरूको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसका आधारमा नगर कार्यपालिकाले भू–उपयोग मापदण्ड जारी गरेको हो । मापदण्डमा जग्गा...

  • २०७६ जेठ १०, शुक्रबार

    फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

    व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो । फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६।५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन्...

  • २०७६ जेठ १०, शुक्रबार

    राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

    नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।  लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासीले राजापुर क्षेत्रमा नै सबस्टेशन निर्माण...

  • २०७६ जेठ १०, शुक्रबार

    रानीमहल सरसफाइ

    पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार सरसफाइमा सहभागी भएका थिए । सेनाको टोलीले रानीमहलको प्रवेश क्षेत्रदेखि प्राङ्गण, महलको पानीपोखरी, महलको...

  • २०७६ जेठ १०, शुक्रबार

    भकारी बुनेर जीवन धान्दै ६० वर्षीय विक

    रम्भा गाउँपालिका–१ हुँगीका ६० वर्षीय कमल विकलाई भकारी नबुनेसम्म साँभ र बिहान हातमुख जोर्ने अर्को उपाय छैन ।  उमेर ढल्ँिकदै गयो तर जोस–जाँगर युवा अवस्थाकै जस्तै नगरीकन साँझ–बिहान उहाँको घरको चुल्होमा आगो बल्दैन । बूढेसकाल लागेको शरीर तर पनि बाँच्नकै लागि उहाँले बाँसबाट भकारी बुनेर जीविकोपार्जन गर्न बाध्य हुनुुहुन्छ । विकले दुईदेखि तीन दिनको समय लगाएर एक वटा भकारी सिध्याउने गर्नुहुन्छ । एक वटा...

  • २०७६ जेठ १०, शुक्रबार

    आठ अर्बको विकास ऋणपत्र बिक्री  हुँदै

    नेपाल राष्ट्र बैंकले  रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो ।  केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् ।  उक्त ऋणपत्र धितो...

Pages