STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ भाद्र ८, आइतबार

    मेक्सिकोमा पत्रकारको हत्या

    मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । तेजुपिल्को नामको सानो...

  • २०७६ भाद्र ६, शुक्रबार

    काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गर्नुभएको छ । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह जी७ को बैठकमा सहभागी हुन फ्रान्स पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गर्नुभएको हो । दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु द्विपक्षीय एवं...

  • २०७६ भाद्र ५, बिहिबार

    बुर्किना फासो आक्रमणप्रति राष्ट्रसंघको आपत्ति

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणप्रति आपत्ति जनाउनुभएको छ । गत सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गर्नुभएको वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको उल्लेख छ । प्रवक्ता डुजारिकले सर्वसाधारणलाई लक्षित गरी पछिल्ला...

  • २०७६ भाद्र ५, बिहिबार

    वन्यजन्तुका हाडखोरको कारोबार बन्द गर्न अफ्रिकी मुलुकको आग्रह

    स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय वन्यजन्तु सम्मेलनका क्रममा दर्जनौं अफ्रिकी मुलुकहरुले जापान समक्ष जोखिममा पुगिसकेका हात्तीका हाडखोरको स्थानीय बजार बन्द गर्न आग्रह गरेका छन् । हाडखोरको कारोबारमा जापानी बजार विश्वमै अग्रपंक्तिमा आउँछ । जापानको बजारमा हात्तीका हाडखोर खुलेआम किनबेच हुने गरेको छ । हात्ती बचाऊ सम्बन्धी अफ्रिकाका ३२ वटा मुलुकको अफ्रिकी हात्ती गठबन्धन ९अफ्रिकन इलिफेन्ट...

  • २०७६ भाद्र ५, बिहिबार

    मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

    चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ ।   स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए । देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट मुसलधारे वर्षा शुरु भएको...

  • २०७६ भाद्र ४, बुधबार

    अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

    अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए । गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल जर्ज दोषी ठहर गरिएका थिए । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसका पूर्व अर्थमन्त्री समेत रहेका कार्डिनल जर्जले दुई दशकअघि...

  • २०७६ भाद्र ३, मंगलबार

    चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

    भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इस्रो चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ । इस्रोद्वारा जारी विज्ञप्तिमा आउँदो...

  • २०७६ भाद्र ३, मंगलबार

    लाओसमा पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु

    लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो । उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक लिएर गइरहेको थियो । प्रहरी अधिकारी झायाफोन चिताभोङले १३ जनाको मृत्यु भएको र अरु दुई जना अझै...

  • २०७६ भाद्र ३, मंगलबार

    अमेरिकी अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेको आपत्ति

    चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ । अमेरिकी बाणिज्य विभागले अमेरिकी कम्पनीमाथि हुवावेलाई सेवा र वस्तु खरिद बिक्रीमा रोक...

  • २०७६ भाद्र ३, मंगलबार

    काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।” व्यापार...

  • २०७६ भाद्र २, सोमबार

    इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

    जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ । म्यारिन ट्राफिकका अनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी सुपर–ट्याँकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्याँकर दक्षिणतर्फ प्रस्थान गरेको...

  • २०७६ श्रावण ३१, शुक्रबार

    सुडानका विपक्षीद्वारा प्रधानमन्त्रीमा अब्दल्ला हाम्डोकको नाम प्रस्ताव

    अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रुपमा चयन गरिएको हो । सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रुपमा चयन गरिएको जनाएको छ । सुडानी सेना र आन्दोलनकारी पक्षबीच नयाँ...

Pages