अन्तर्राष्ट्रिय
-
२०७६ श्रावण ३०, बिहिबार
मस्कोमा यात्रुबाहक विमान आकस्मिक अवतरण
रूसको राजधानी मस्कोको एक विमानस्थलमा बिहीबार यात्रुबाहक विमान आकस्मिक अवतरण गरेको छ । अवतरणका क्रममा सबै यात्रु सकुशल रहेका छन् । समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ...
-
२०७६ श्रावण ३०, बिहिबार
फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते
संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने क्रममा घण्टौ लागेको थियो । घाइते प्रहरीको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति लामो समयसम्म कुनै पनि...
-
२०७६ श्रावण २९, बुधबार
सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध
सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ । सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन् । सरकारले स्नातकोत्तर तहमा दिइआएको छात्रवृत्ति समेत रोकेको छ । विशिष्ट वैज्ञानिक तथा मेडिकल...
-
२०७६ श्रावण २९, बुधबार
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
पकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय...
-
२०७६ श्रावण २८, मंगलबार
चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो
चीनमा प्रत्यक्ष विदेशी लगानी एफडीआई विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन चिनिया मुद्रा अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । जुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८।७ प्रतिशत वृद्धि भई करिब ५५ अर्ब युआन भएको छ । सात महिनाको यस अवधिमा विदेशी लगानीका...
-
२०७६ श्रावण २८, मंगलबार
केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता
भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो । यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ ।...
-
२०७६ श्रावण २७, सोमबार
‘लेकिमा’बाट ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता
चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ । तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी...
-
२०७६ श्रावण २७, सोमबार
इदमा काश्मिरमा सुरक्षा व्यवस्था झन् कडा
सोमवार सुरु हुने इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै काश्मिरका सबैजसो मस्जिदहरुमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् । यस हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ । स साना मस्जिदहरु मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भिडभाड नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गएको दुई दिनयता यहाँ कर्फ्यू खुकुलो पारिएको बताइएको थियो । तर यस पर्वका...
-
२०७६ श्रावण २६, आइतबार
पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो
म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार ब्हिानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ । बाढी पहिरोमा परी...
-
२०७६ श्रावण २६, आइतबार
बालयौन दुराचारी एप्स्टाइनको आत्महत्याले खैलाबैला
बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो एफबीआई र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् । एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च...
-
२०७६ श्रावण २४, शुक्रबार
खाडी युद्धको सम्झना, इराकबाट ४६ कुवेतीको शव फिर्ता
कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए । इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा बेपत्ता भएका तर इराकमै मारिएका कुवेतीको अवशेष फिर्ता गरिएको उल्लेख...
-
२०७६ श्रावण २४, शुक्रबार
हुवावेको हार्मोनीओएस सार्वजनिक
चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम ओएस हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो । एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको...


