STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ भाद्र १६, सोमबार

    म्यान्मारमा भूकम्पबाट मन्दिर र विद्यालयमा क्षति

    म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन् । देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ । श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्युडको रहेको थियो । खिन यु सहरमा रहेका ३५ ओटा मन्दिर र ११ ओटा शिशु, आठ ओटा विद्यालय, एउटा मस्जिद, गाउँ...

  • २०७६ भाद्र १६, सोमबार

    विद्रोहीको कारागारमा भएको आक्रमणमा सयको मृत्यु

    साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो । हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले घटनामा परी...

  • २०७६ भाद्र १५, आइतबार

    होन्डुरसमा पत्रकारको हत्या

    मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ । होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ । स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने...

  • २०७६ भाद्र १५, आइतबार

    ट्रम्पद्वारा चिनियाँ सामानमा आइतबारदेखि नयाँ करहरु लागू

     विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै...

  • २०७६ भाद्र १५, आइतबार

    अमेरिकामा फेरि गोलीकाण्डः पाँच जनाको मृत्यु, २१ घाइते

    अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् । देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ । घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ वर्षे बन्दुकधारीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने...

  • २०७६ भाद्र १४, शनिबार

    कङ्गोमा वर्षदिनमा इबोला संक्रमणबाट दुई हजार जनाको मृत्यु

    डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ । कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् । उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो । इबोला संक्रमितहरुको संख्या तीन हजार थियो र उनीहरुमध्ये दुई हजारको उपचारका...

  • २०७६ भाद्र १३, शुक्रबार

    बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा सामान्य वृद्धि

    संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाई छ ।...

  • २०७६ भाद्र १३, शुक्रबार

    यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो – युएई

    संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ । यमनी विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी लडाकूलाई मात्र केन्द्रित गरी हवाई हमला गर्न आग्रह...

  • २०७६ भाद्र १३, शुक्रबार

    जापानको रक्षा बजेटमा भारी वृद्धि

    जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकू विमान र क्षेप्यास्त्र प्रणाली समेत खरिद गर्न ५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेको छ । जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १।२ प्रतिशत बढी हो । तर जापानले विगत आठ वर्षदेखि लगातार रक्षा बजेटमा वृद्धि गरिरहेको...

  • २०७६ भाद्र १२, बिहिबार

    अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

    अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् । अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । अमेरिका र तालिबानबीच कतारको दोहामा केही महिनादेखि वार्ता जारी...

  • २०७६ भाद्र १२, बिहिबार

    चीनको हेनानमा आँधीबाट आठ जनाको मृत्यु

    चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियो । एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले थिचिएर एकै ठाउँमा आठ जना मजदूरको मृत्यु भएको थियो । प्रान्तीय सरकारले खोज तथा उद्धारका लागि थप प्रहरी र उद्धारकर्मी...

  • २०७६ भाद्र १२, बिहिबार

    चाडमा अन्तरजातीय हिंसा

    अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् । स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक किसानको मृत्यु भएपछि दुई समुदायबीच हिंसात्मक झडप भएको थियो । हिंसात्मक घटनाहरु बढ्दै...

Pages