उपत्यका
-
२०७७ जेठ ६, मंगलबार
कीर्तिपुरका चारजना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ
कीर्तिपुर – कीर्तिपुर नगरपालिकाको संयोजनमा सोमबार पहिलोपटक कोरोना संक्रमण परीक्षण थालिएको छ । सरफाइ कर्मचारीमा गरिएको उक्त परीक्षणमा चारजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । दुईजना महिला र दुईजना पुरुषमा आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी छ । नगरपालिकाको संयोजनमा कीर्तिपुर अस्पताल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा परीक्षण भएको हो । नगरपालिकाका मेयर रमेश महर्जनको पहिलो...
-
२०७७ जेठ ६, मंगलबार
कीर्तिपुरका जनप्रतिनिधिको कोरोना परीक्षण
कीर्तिपुर – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको कोरोना परीक्षण गरिएको छ । परीक्षणको क्रममा उपमेयर एवं नगरपालिका प्रवक्ता सरस्वती खड्का रिजालको परीक्षणपछि अन्य कर्मचारी एवं जनप्रतिनिधिका परीक्षण भएको थियो । नगरपालिकाको भवनमा मंगलबार जनप्रतिनिधि एवं कर्मचारी गरी ६२ जनाको कोरोना परीक्षण भएको छ । तीमध्ये पाँचजनाको आरडिटी परीक्षण पोजेटिभ देखिएको...
-
२०७७ जेठ ४, आइतबार
सफाइ कर्मचारीको आरडिटी पोजेटिभ देखिएपछि भक्तपुरका दुई ठाउँ सिल
काठमाडौें – भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखिएपछि ती दुई ठाउँमा सिल गरिएको हो । भक्तपुर योसिंखेल पुख्र्यौैली घर भएका उनी हाल सूर्यविनायक पाण्डोबजारमा बस्दै आएका छन् । दुवै ठाउँमा उनको आवतजावत भएकाले दुवै ठाउँमा सिल...
-
२०७७ जेठ ३, शनिबार
मानव अधिकारको लागि एकल महिला समूहद्वारा निःशुल्क खानादेखि स्वास्थ्य शिविरसम्म
ललेन्द्र शाक्य कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेको आज ५३ दिन पुगिसक्यो । लकडाउनले देशका सम्पूर्ण शहरबस्ती ठप्प भइरहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूर, गरिबी, असहाय, विपन्न वर्गहरुलाई बिहान बेलुकी पेट भर्न धौधौ परिरहेको अवस्था छ । ती वर्गलाई पेट भर्नु नै हाल भइरहेको लकडाउनले चुनौती दिइरहेको छ । यस समस्यालाई मध्यनजर गरी एक महिनायता...
-
२०७७ जेठ २, शुक्रबार
आफन्तको बेवास्ताले गुल्मीबाट कीर्तिपुर पुगेका कुँवर क्वारेन्टाइनमा
ललेन्द्र शाक्य “म लकडाउनपछि काठमाडांैबाट गुल्मी गएँ, त्यहाँको क्वारेन्टाइनमा नियमपूर्वक बसे । मेरो रिपोर्ट नेगेटिभ आयो । तर मलाई घरपरिवारबाट कसैले पनि लिन आएन, वास्ता पनि गरेन । आफन्तले नै बेवास्ता गरे पछि गाउँघरले पनि वास्ता गरेनन् । अनि म पुनः गुल्मीबाट काठमाडौं फर्किएँ ।” गुल्मी भीरकोट गाउँपालिका ५ वडाका २७ वर्षीय रंजित कुँवर बिहीबार साँझ ७ः३० बजे कीर्तिपुर आइपुगे । कुँवर भत्केपाटीमा डेरा गरी...
-
२०७७ जेठ २, शुक्रबार
कोरोना परीक्षणपछि मात्र घरमा प्रवेश दिनू : कामपा २१ वडा
काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामको लागि स्थानीय निकायबाट विभिन्न उपायहरु अपनाइरहेका छन् । यसैक्रममा काठमाडौं महानगरपालिका २१ वडाले शुक्रबार एउटा सुचना जारी गरी वडाबाहिर गएका डेरावालहरुले डेरामा जानुअघि कोराना परीक्षण अनिवार्य गराउन भनिएको छ । कामपा २१ वडाका वडाध्यक्ष उदय चुडामणि वज्राचार्यद्वारा हस्ताक्षरित सुचनामा बाहिरबाट आएका डेरावालहरुको...
-
२०७७ जेठ १, बिहिबार
निदान अस्पतालका कर्मचारीको रिपोर्ट नेगेटिभ
ललेन्द्र शाक्य ललितपुर पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत कीर्तिपुर १ वडा बाघभैरव ह्वाकुंचा टोलका महिला कर्मचारीको कोरोना भाइरस कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कीर्तिपुरका स्थानीयको रिपोर्ट नेगेटिभ आएपछि कीर्तिपुरबासीमा खुशी छाएको छ । स्थानीय धनबहादुर महर्जनले दिनुभएको जानकारीअनुसार निदान अस्पतालमा कार्यरत ती महिलासँगै अन्य ३ जना कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको छ । निदान अस्पतालमा...
-
२०७७ बैशाख ३१, बुधबार
भक्तपुर थिमि क्षेत्र सिल, ललितपुरकाे आरोग्य र निदान अस्पताल पनि सिल
काठमाडौं – मध्यपुर थिमी नगरपालिका वडा नं ४ शंखधर साख्वा चोक बस्ने स्वास्थ्यकर्मीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि थिमि शंखधर साख्वाः चोक वरपरको क्षेत्र सिल गरिएको छ । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरिएपछि त्यस क्षेत्रमा यातायात चल्न निषेध गरिएको छ । प्रहरीले सबैजसो सडकमा डोरी टाँगेर र बार राखेर बन्द गराएको छ । ललितपुरको निदान अस्पताल र आरोग्य फाउण्डेशन पनि सिल आरोग्य...
-
२०७७ बैशाख ३१, बुधबार
जागरुक महिलाद्वारा खाद्यान्न वितरण
विजयरत्न असंबरे संसारभरी फैलिरहेको कोरोना भाइरसको कारण सिर्जित महामारी कोभिड१९ बाट सुरक्षित हुनकालागि जारी गरिएको लकडाउन लम्बिंदै गएको कारण सिर्जना भएको विषम परिस्थितिबाट सबैकलागि विभिन्न किमिमले राहत पुर्याउने कार्यहरु पनि भईरहेको छ भने विशेषगरी ललितपुर जिल्लाको पाटन शहरभित्रका सहकारी संस्थाहरुले आ–आफ्ना सदस्यहरुकालागि विभिन्न किसिमका राहत प्याकेजहरुको व्यवस्था गरिंदै आएको पाईएको छ । यसै...
-
२०७७ बैशाख ३१, बुधबार
चन्द्रागिरीमा तरकारी बेच्न पनि प्रतिबन्ध
काठमाडौं – चन्द्रागिरी मच्छेगाउँ बस्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि चन्द्रागिरी ९ वडा कार्यालयले सार्वजनिक स्थलमा तरकारी बेच्न प्रतिबन्ध लगाएको छ । चन्द्रागिरी ९ वडा कार्यालयमा मंगलबार बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको छ । वडाध्यक्ष देवेन्द्र महर्जनले सूचना जारी गरी निर्माण सामग्री...
-
२०७७ बैशाख ३१, बुधबार
शितला मावि, बालाजु हाईटमा दैनिक ५०० जनाको मेस
काठमाडौं । कोरोना भाइरसको महामारिको संक्रमणबाट संसार आक्रान्त छ । यस भाइरसको सक्रमणको तिब्रता र भ्याक्सिनको विकास भइ नसकेको कारण मान्छे मान्छे बिच दुरी कायम गर्नेर भिडभाडलाई रोक्न लकडाउनको उपाय संसारका प्राय देशहरुले लागु गरेका छन् । नेपालमा पनि सरकारले चैत ११ गतेदेखि विभिन्न चरणमा गरेर लकडाउन लागु गरेको ५० दिन भन्दा बढी भइसकेको छ र यही जेठ ५ गतेसम्मको घोषित लकडाउन यथावत नै छ । लकडाउनका कारण...
-
२०७७ बैशाख २९, सोमबार
नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा पत्रकारहरुलाई सहयोग
विजयरत्न असंबरे कोरोना भाइरस कोभिड १९ को माहामारी फैलिरहेको यो समयमा लकडाउनको कारणले प्रभावमा परेका पत्रकारहरुलाई उपत्यका सरोकार मञ्च तथा उपत्यका व्यापि सडक विस्तार पीडित संघर्ष समितिले सघाएको छ । उक्त संस्थाहरुले दाल, चामल, आँटा, दालमोठ, लाखामरी, चिउरा, चिनी, तरकारी गरी १९ थरी खाद्य सामग्री उपलब्ध गराएको हो । ती सामग्री नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा आवश्यकताको प्राथमिकताका आधारमा...


