उपत्यका
-
२०७९ मङ्सिर २६, सोमबार
मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमै पानी
काठमाडौं - शुक्रबारदेखि मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमा पानी बग्ने समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । शुक्रबारदेखि काठमाडौंका विभिन्न सडक खण्डमा पाइप फुटेर सडकमा पानी निस्किने र जम्ने समस्या व्यापक छ । स्थानीय बासिन्दा, व्यापारी, सवारी चालक र पैदलयात्रु यसका कारण सास्ती ब्यहोर्नु परिरहेको छ । मेलम्चीको पानी ठाउँअनुसार नयाँ र पुरानो दुवै...
-
२०७९ मङ्सिर २६, सोमबार
सुनधारामा पानी आउने मूलधारा नष्ट बनाइएकाेमा मेयर बालेनकाे आपत्ति
काठमाडौं - धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन्। काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण...
-
२०७९ मङ्सिर २६, सोमबार
ठमेलका अव्यवस्थित तार काट्न सुरू
काठमाडाैँ - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिनुभयो । “चार दिनदेखि विभिन्न इन्टरनेट...
-
२०७९ मङ्सिर २६, सोमबार
बल डाेर्याउँदै बालेन
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सहितको टोलीले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल खेलेका छन् । २८औँ महानगर दिवसका अवसरमा आयोजित फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको प्रतिनिधि टोली र प्रशासकीय अधिकृतको टोलीबीच फुटबल प्रतियोगिता भएको हो । दुई टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख बालेन शाहले पनि सहभागिता जनाएका थिए । सो...
-
२०७९ मङ्सिर २५, आइतबार
सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको सचिवालय गठन
सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको मंसिर २४ गते च्याप्टरका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन गरिएको छ । सचिवालय को संयोजकमा प्रकाश सिलवाल रहने भएको छ । सचिवालय मा संगठन विभाग रूपेश आचार्य , प्रचार प्रसार विभाग रत्नकाजी महर्जन , आर्थिक विभाग सुरेन्द्र भक्त श्रेष्ठ लाई तोकिएको छ भने सदस्यहरुमा...
-
२०७९ मङ्सिर २३, शुक्रबार
मेलम्चीको पानी राजधानीमा वितरण
काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण सुरू गरिएकाे छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको...
-
२०७९ मङ्सिर २२, बिहिबार
नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’
काठमाडाैं - लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि...
-
२०७९ मङ्सिर २१, बुधबार
रोकियो काठमाडौँ महानगरकाे फोहर वर्गीकरण कार्य
काठमाडाैं - करिव पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्र्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो । सुरुको एक दुई हप्ता कामपाको योजनाअनुरुप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन । कामपाको प्रमुख...
-
२०७९ मङ्सिर २१, बुधबार
महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
काठमाडौं - काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरु घोषणा गरेको छ । बुधवार २८ औं महानगरदिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्तहव्यापी कार्यक्रमको जानकारी गराएको हो । महानगरले महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेला हुने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता...
-
२०७९ मङ्सिर २०, मंगलबार
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण
काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले...
-
२०७९ मङ्सिर १४, बुधबार
३५ दिन भित्र आफैं हट्न सुकुमबासीलाई चेतावनी
काठमाडौं - काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ। ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ। काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो। प्राधिकरणले...
-
२०७९ मङ्सिर १४, बुधबार
महिला हिंसाविरुद्धको अभियानमा बृहत छलफल
महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह’ (डब्ल्यूएचआर) र काठमाण्डु रोट्र्याक्टले संयुक्त रुपमा ललितपुरको मंगलबजारमा एउटा भेला आयोजना गरी महिला अधिकारकर्मीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि समाजमा खुला छलफल आवश्यक रहेको कुरा औल्याएका छन् । भेलामा सहभागि हरुले पितृसतात्मक सोच र महिला पुरुषबीच असमान शक्ति सम्बन्ध रहेका कारण हिंसा हुने गरेको ...


