खेलकुद
-
२०७७ मङ्सिर २५, बिहिबार
टि–२० बरियतामा सन्दिप एक स्थान माथि
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा रहेका छन् । यसअघिको बरियतामा लामिछाने ८१ औँ स्थानमा...
-
२०७७ मङ्सिर २४, बुधबार
नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता
कास्की – कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः रङ्गशालामा फर्किएको हो । पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा...
-
२०७७ मङ्सिर २४, बुधबार
वर्ल्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक
कास्की – वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको हो । यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११०...
-
२०७७ मङ्सिर १८, बिहिबार
एसियाली खेलकुद आयाेजना गर्न कतारले नेपालसँग समर्थन माग्याे
काठमाडौं – कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो । कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ...
-
२०७७ मङ्सिर १८, बिहिबार
कोरोनाका कारण नवौं राष्ट्रिय खेलकुद स्थगित
काठमाडौं – पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र...
-
२०७७ मङ्सिर १४, आइतबार
१३ औँ सागकाे खर्च १ अर्ब ३२ करोड
काठमाडाैं – राष्ट्रिय खेलकुद् परिषद्ले गतबर्ष सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) संचालनमा १ अर्ब ३२ करोड खर्च भएको जनाएको छ । खेल सकिएको तीन महिनाभित्र आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरेको परिषद्ले एक बर्षपछि आईतबार खर्च सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार, खेल संचालनमा १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैंया खर्च भएको थियो । खेल संचालनका लागि बनाइएका भौतिक पूर्वाधारमा २ अर्ब...
-
२०७७ मङ्सिर १०, बुधबार
महान फुटबलर म्याराडोनाको निधन
महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।
-
२०७७ मङ्सिर १०, बुधबार
पारस खड्का दशककै एशोसिएट प्लेयर अवार्डको मनोनयनमा
काठमाडौँ – नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् । आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’ ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् । उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् ।आईसीसीले उत्कृष्ट...
-
२०७७ मङ्सिर ८, सोमबार
बुधबारदेखि क्रिकेट खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षणमा सहभागि हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई...
-
२०७७ मङ्सिर ४, बिहिबार
सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने
काठमाडौँ – नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सम्झौता रकम भने उसले खुलाएको छैन । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लाग्नुभएको हो । यसअघि सन्दीपले दुई सिजन मेलबर्न...
-
२०७७ मङ्सिर २, मंगलबार
आज नेपाल र बंगलादेशको दाेस्राे मैत्रीपूर्ण खेल हुँदै
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्ण श्रृंखला बराबरी गर्न चाहन्छ...
-
२०७७ कार्तिक २९, शनिबार
नेपाल बंगलादेशसँग २-० ले पराजित
काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशसँग पराजित भएको छ । शुक्रबार बंगलादेशको राजधानी ढाकामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो । खेलमा नेपाललाई घरेलु टिम बंगलादेशले २–० गोलले हरायो । नेपालले दुवै हाफमा १–१ गोल खाएको थियो । खेलको दशौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । वान भर्सेस वानको...


