खेलकुद
-
२०७७ पौष १९, आइतबार
प्रदेश १ लाई प्रधानमन्त्री कप
काठमाडौं - प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । दाङको लमहीमा भएको फाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो । प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो । एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।...
-
२०७७ पौष १२, आइतबार
प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको जित
दाङ – लुम्बिनी प्रदेशले सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको लुम्बिनीले लमहीको देउखुरी क्रिकेट मैदानमा भएकाे पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो । जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरे । लुम्बिनीकी गिता गोसाई ४२ बलमा २ चौका...
-
२०७७ पौष ९, बिहिबार
तीन नेपाली खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने
काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् । यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् । सोमपाल कामीलाई मराठा अरबियन्सले, करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका छन् । सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन् ।...
-
२०७७ पौष ८, बुधबार
मेस्सीले ताेडे पेलेकाे रेकर्ड
बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । मेस्सीले स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल भालाडोलिडलाई ३–० ले पराजित गर्ने क्रममा ६५ औं मिनेटमा गोल गर्दै पेलेको कीर्तिमान भंग गरेका हुन् । पेलेले सन् १९५६ देखि १९७४ सम्म १९...
-
२०७७ पौष ७, मंगलबार
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक
काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुने भनिए पनि क्यानले महिलातर्फको तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २० ओभरमा हुने प्रतियोगिता दाङको लमहीमा यही ११ गतेदेखि सुरु भएर १९ गते सकिनेछ । प्रतियोगितामा हरेक...
-
२०७७ पौष ३, शुक्रबार
लेवान्डोस्की फिफा वर्ष खेलाडी
जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबलको प्रमुख प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ठ खेलाडीको अवार्ड गत वर्षका विजेता बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर लेवान्डोस्कीले जितेका हुन् । लेवान्डोस्कीले गत सिजन ४७ खेलमा ५५ गोल गरेका थिए । उनले बायर्नलाई...
-
२०७७ पौष २, बिहिबार
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा देव वाटमोर नियुक्त
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन । नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन । ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ । उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय...
-
२०७७ मङ्सिर ३०, मंगलबार
सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया जाँदै
काठमाडौं - नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत अष्ट्रेलिया गएका हुन् । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वरेण्टीनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने गएको बिहीबारदेखि नै सुरु भइसकेको छ । क्वरेण्टीनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरवाती छ...
-
२०७७ मङ्सिर २७, शनिबार
गौतम बुद्ध कप : बागमतीलाई हराउँदै नारायणीको जित
चितवन – तीव्र गतिका बलर करण केसीको विष्फोटक ब्याटिङमा नारायणीले गौतम बुद्ध कपमा बागमतीलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण केसीले सोमपाल कामीको ओभरमा ४ छक्का प्रहार गरे । जवाफमा बागमतीले २० रन मात्र बनाउन सक्यो । नारयणीका करण नै...
-
२०७७ मङ्सिर २७, शनिबार
पारस खड्कालाई कोरोना संक्रमण
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले शुक्रबार साँझ सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेकाे बताएका छन् । बिहीबार गन्ध र स्वाद हराएपछि शुक्रबार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएकाे बताएका छन् । उनी होम आइसोलेसनमा बसेका छन् । क्यानले शुक्रबार...
-
२०७७ मङ्सिर २६, शुक्रबार
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा
काठमाडाैँ - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च...
-
२०७७ मङ्सिर २६, शुक्रबार
विश्वकप विजेता पाओलो रोसीको निधन
विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ वर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गरेकी हुन् । उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि उनी आफ्नै देशमा फुटबलको कमेन्टेटरका रूपमा क्रियाशील भएका थिए । इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत...


