खेलकुद
-
२०७७ कार्तिक २८, शुक्रबार
नेपाल र बंगलादेशविरुद्ध आज मैत्रीपूर्ण फुटबल प्रतियाेगिता हुने
काठमाडौँ – बंगलादेशसँग शुक्रबार नेपालले पहिलो मैत्रिपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किँदैछ । कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ । ढाका स्थित बंगबन्ध रंगशालामा दिउसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो । दुई मैत्रीपूर्ण तालिका बनाएर एक साता अघि बंगलादेश प्रस्थान...
-
२०७७ कार्तिक २६, बुधबार
दिल्लीलाई हराउँदै मुम्बईले जित्याे आईपीएल २०२० को उपाधि
इन्डियन प्रिमियर लिग (आईपीएल)२०२०को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आईपीएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको...
-
२०७७ कार्तिक २५, मंगलबार
आईपीएल फाइनल आज : मुम्बई र दिल्ली उपाधिका लागि भिड्दै
काठमाडाैं – यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको फाइनल आज हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ७:४५ बजेबाट दुबईमा सुरू हुने छ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यसअघि १२ औं संस्करणसम्म फाइनल पुग्न...
-
२०७७ कार्तिक २४, सोमबार
पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ्ग सेण्टर, नुवाकोटमा कार्तिक २२र २३ गते गरी २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” हालै सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालले प्रमुख आतिथ्यको रुपमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नु भएको थियो । उहाँले मन्तव्यको क्रममा...
-
२०७७ कार्तिक २४, सोमबार
दिल्ली पहिलाेपटक आईपीएलकाे फाइनलमा
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आईपीएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । हैदराबादलाई अन्तिम १२ बलमा...
-
२०७७ कार्तिक २२, शनिबार
हैदराबाद आईपीएलको क्वालिफायरमा
सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ । शुक्रबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो । हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको...
-
२०७७ कार्तिक २१, शुक्रबार
क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उहाँले उल्लेख गर्नुभयो...
-
२०७७ कार्तिक २१, शुक्रबार
आईपीएल : मुम्बई फाइनलमा
मुम्बई इन्डियन्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आईपीएल छैटौं पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि मुम्बई पाँच पटक फाइनलमा पुग्दा चार पटक उपाधि जितेको थियो । जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।...
-
२०७७ कार्तिक १८, मंगलबार
आईपीएल : दिल्ली क्वालिफायरमा प्रवेश
दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । दिल्लीको जितमा अजिन्क्या रहाने र शिखर धवनले...
-
२०७७ कार्तिक १७, सोमबार
आइपिएल : पन्जाब र राजस्थान लिग चरणबाट बाहिरियाे
राजस्थान रोयल्स र किंग्स इलेभेन पन्जाब इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा लिग चरणबाटै बाहिरिएको छ । जारी आइपिएलमा राजस्थान बाहिरिने तेस्रो टोली हो । यसअघि किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्स बाहिरिसकेका छन् । मुम्बई शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगि सकेको छ । आईतबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग...
-
२०७७ कार्तिक १६, आइतबार
आइपिएल : बेंगलोरलाई हराउँदै हैदराबाद चौथो स्थानमा
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार राती शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको हो । जितका लागि पछ्याएको १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४।१ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । हैदराबादका ओपनर ऋद्धिमान शाहले ३२ बलमा ४...
-
२०७७ कार्तिक १५, शनिबार
करातेमा निता र सोनिमलाई स्वर्ण
भर्चुअल कराते वल्र्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन् । नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ । नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जित्नुभएको हो...


