राजनीति
-
२०७८ मङ्सिर ६, सोमबार
कांग्रेस महाधिवेशन : आज १४९ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै
काठमाडौं, मंसिर ६ - नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस अधिवेशनबाट पार्टीको केन्द्रीय...
-
२०७८ मङ्सिर ५, आइतबार
भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिने
५ मंसिर, काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्ने भएका छन् । आइतबार दिउँसो रिपोर्टस क्लबमा विशेष पत्रकार सम्मेलन गरेर रावलले एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः सर्वसम्मत अध्यक्ष बन्ने चर्चा चलिरहेको समयमा रावलले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०–...
-
२०७८ मङ्सिर ५, आइतबार
रामदेवलाई पर्यटनका ब्राण्ड एम्बेस्डर बन्न पर्यटनमन्त्रीकाे प्रस्ताव
५ मंसिर, काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरू रामदेव बाबालाई पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेका छन्। आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा मन्त्री आलेले सो प्रस्ताव राखेका हुन् । ‘हामीले मन्त्रालयको तर्फबाट योग गुरु रामदेव जीलाई ब्राण्ड एम्बेस्डरका लागि अनुरोध गरेका छौं।...
-
२०७८ मङ्सिर ५, आइतबार
सर्वोच्चमा आज पनि तनाव, बारका कानुन व्यवसायी घाइते
५ मंसिर, काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेका नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको हो । गत बिहीबार मात्र आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष...
-
२०७८ मङ्सिर ५, आइतबार
भक्तपुर कांग्रेसका चारवटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत यहाँको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले निर्वाचनको परिणाम शनिबार राति अबेर सार्वजानिक गरेको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को सभापतिमा जयन्द्र खड्का र उपसभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने, सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित...
-
२०७८ मङ्सिर ५, आइतबार
प्रधानन्यायाधीश जबराविरूद्ध आजदेखि देशव्यापी आन्दोलन
काठमाडाैं,५ मंसिर - आफ्नो शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति थप आक्रोशित बनेको नेपाल बार एसोसिएसनले आजदेखि देशव्यापी विरोध कार्यक्रम गर्दैछ । बारले आजदेखि शुक्रबारसम्म देशव्यापी विरोध गर्ने भएको हो । बार महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्राचार गर्दै ५ देखि १० मंसिरसम्म आन्दोलनमा उत्रिन आग्रह गरेका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत...
-
२०७८ मङ्सिर २, बिहिबार
सभापतिमा चुनाव लड्ने महामन्त्री कोइरालाको घोषणा
२ मंसिर,सङ्खुवासभा - नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । बुधबार सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका हुन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको...
-
२०७८ मङ्सिर २, बिहिबार
बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै रावलकाे आपत्ति
२ मंसिर, काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले बुधबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘२०७७ साल चैत मसान्तसम्म सदस्यता प्राप्त गरेका व्यक्तिहरुले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने, निर्वाचन कमिटीको गठन गरी निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन गर्नुपर्ने स्पष्ट पार्टी निर्देशन विपरीत...
-
२०७८ मङ्सिर १, बुधबार
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
१ मंसिर, काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताएका हुन् । ‘केही प्राविधिक कुराहरू मिलाउनुपर्ने छ । हामी संवादमा छौँ । गठबन्धन दलहरूबीच सकारात्मक छलफल भइरहेको छ,’ उनले भने, ‘...
-
२०७८ कार्तिक ३०, मंगलबार
सर्वोच्चमा अदालतमा सबै खाले मुद्दामा सुनुवाइ
३० कात्तिक, काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । पेसी तोकिएका इजलासमा सबै खालका मुद्दाको सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका थिए । त्यसमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मी, न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा कुमार चुँडाल...
-
२०७८ कार्तिक ३०, मंगलबार
नेपाल बन्द अपडेट : ११ जना विप्लवका कार्यकर्ता तनहुँबाट पक्राउ
३० कार्तिक, तनहुँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्रेको छ । आज मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम...
-
२०७८ कार्तिक ३०, मंगलबार
विप्लवको नेपाल बन्द : उपत्यकामा सामान्य प्रभाव, ५ बन्दकर्ता पक्राउ
३० कात्तिक, काठमाडौं - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेकाे छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् । बन्दका कारण सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । यसकारण यात्रुले भने सास्ती पाएका छन् । विभिन्न...


