राजनीति
-
२०७८ कार्तिक ३०, मंगलबार
नेपाल बारले भन्यो– प्रधानन्यायाधीश जबरासँग वार्ता गर्दैनौँ
काठमाडौं, ३० कार्तिक २०७८ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा छन् । उनीहरूलाई वार्ता र संवादबाट समाधान खोज्न सोमबार प्रधान्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आह्वान गरेका छन् । तर प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता...
-
२०७८ कार्तिक ३०, मंगलबार
सञ्चारकर्मीमाथि अदालतमा भएको दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौं, सोमबार, कात्तिक २९ - नेपाल पत्रकार महासंघले सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीमाथि समाचार संकलनका क्रममा भएको अवरोध र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघले सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै भइरहेको विरोध कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध र दुर्व्यवहार गरिएको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएको हो ।...
-
२०७८ कार्तिक २९, सोमबार
वार्तामा आउन प्रधानन्यायाधीशकाे आह्वान
२९ कार्तिक, काठमाडौं - आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवादमा आउन आह्वान गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत विज्ञप्ति प्रकाशित गर्दै जबराले यस्तो आह्वान गरेका हुन् ।
-
२०७८ कार्तिक २३, मंगलबार
तीन प्रदेशका प्रमुख नियुक्त
२३ कात्तिक, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज...
-
२०७८ कार्तिक २३, मंगलबार
माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने
२३ कात्तिक, काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले...
-
२०७८ कार्तिक २३, मंगलबार
एमालेले महाधिवेशन खर्च पार्टी सदस्यबाट उठाउने
२३ कात्तिक, चितवन - नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट रु एक सय उठाउने निर्णय भएको जानकारी दिए । नेकपा (एमाले)को सदस्य सङ्ख्या सात लाख छ । यसबाट रु सात करोड उठ्ने अनुमान गरिएको छ ।...
-
२०७८ कार्तिक २२, सोमबार
आज साँझ सत्तारुढ गठबन्धनको बैठक बस्दै
२२ कात्तिक, काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनको बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्ने भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटपछि आज साँझ ५ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै सरकारका...
-
२०७८ कार्तिक २२, सोमबार
प्रधानन्याधीशविरुद्ध कालोपट्टी बाँधेर धर्ना
२२ कार्तिक, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनमा कानुन व्यवसायीहरु आज पनि धर्नामा बसेका छन्। कानुन व्यवसायीहरु कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिएको हो। सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी...
-
२०७८ कार्तिक २२, सोमबार
विश्वासको मत लिँदै वागमती मुख्यमन्त्री
कात्तिक २२, काठमाडौं - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । ११ कात्तिकमा बागमतीको तेस्रो मुख्यमन्त्रीमा रूपमा नियुक्त भएका पाण्डेले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले...
-
२०७८ कार्तिक १८, बिहिबार
स्वदेश फर्किए प्रधानमन्त्री देउवा
१८ कात्तिक २०७८, काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा यही १५ र १६ कात्तिकमा संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्केका छन् । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही १२ कात्तिकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री...
-
२०७८ कार्तिक १७, बुधबार
राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त
कात्तिक १७, २०७८ - प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । सोही दिन गठबन्धनको तर्फबाट राईले प्रदेशसभाका ४९ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । मंगलबार प्रदेश...
-
२०७८ कार्तिक १४, आइतबार
पार्टीको अलोकतान्त्रिक कामको विरोधमा आवाज उठाउनुपर्छ : प्रकाशमान सिंह
१४ कार्तिक, काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचक्र्याई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उनको भनाइ छ । आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्व र अवस्था...


