STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ पौष ७, बुधबार

    वैशाख २० मा स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

    काठमाडौं, पुस ७ - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख २० मा ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनले बताए । छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका...

  • २०७८ पौष ६, मंगलबार

    काँग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्य कसले जिते ?

    नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् ।  विजयी हुनेमा संग्रौला, भुसाल र देउवासहित अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् । मत...

  • २०७८ पौष ५, सोमबार

    राष्ट्रियसभामा एमालेको अवरोध, अनिश्चितकालका लागि बैठक स्थगित

    ५ पुस, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ । बैठकको सुरुवात हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका हुन् । संसद अवरुद्ध पार्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद बैठक...

  • २०७८ पौष ५, सोमबार

    एमसीसीबारे टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल

    ५ पुस, काठमाडौं - सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना (एमसीसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो । कार्यदलमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।  ...

  • २०७८ पौष ५, सोमबार

    कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ उम्मेदवारका नामावली

    पुस ५, काठमाडौं - नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा डा. शशांक कोइराला, एनपी साउद लगायत ३५ जना निर्वाचित भएका छन् । त्यसै गरी बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी र जिपछिरिङ लामा पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ पनि कांग्रेस केन्द्रीय...

  • २०७८ पौष ३, शनिबार

    प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

    ३ पुस, काठमाडौं - संघीय संसद्मा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् । संसद्मा...

  • २०७८ पौष ३, शनिबार

    कांग्रेस महाधिवेशन : खुलातर्फको केन्द्रीय सदस्यमा शशांकको अग्रता

    ३ पुस, काठमाडौँ  - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतदानमा शशांक कोइरालाले अग्रता लिएका छन्। अहिलेसम्म १६५ मत गन्दा उनले ५९ मत पाएका छन्। यस्तै अर्जुन नरसिंह केसीले ४८, रमेश लेखकले ४३, उदय शमशेर राणाले ४१, ज्ञानेन्द्र बहादुर कार्कीले ४२, अजय बाबु सिवाकोटीले ३२ र एनपी साउँदले ४६ मत पाएका छन्। यस्तै...

  • २०७८ पौष १, बिहिबार

    कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

    १ पुस, काठमाडौं - नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीको दुई पदमा ६ जनाले उम्मेदवारी दिएकामा थापा र शर्मा विजयी भएका हुन् । मत गणना नसकिँदै थापा र शर्मा निर्वाचित भएका हुन् । अब २८१ मत गणना गर्न बाँकी रहँदा थापा र शर्मा दुवैले त्यो भन्दा बढीको अग्रता लिएका छन् । मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ...

  • २०७८ पौष १, बिहिबार

    कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, विजय गच्छदार २ मत अन्तरले पराजित

    पुस १ - कांग्रेस निर्वाचन समितिले उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएको घोषणा गरेको छ । यसअघि २ मत अन्तरले पराजित भएपछि उपसभापतिका प्रतिस्पर्धी विजय गच्छदारका प्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।  गणनासकिएको २ घण्टा पछि अन्तिम मत परिणाम घोषणा गरिएको छ । जसअनुसार : पूर्णबहादुर खड्का - २१२१ धनराज गुरुङ - १९०८ विजयकुमार गच्छदार - १९०६ चन्द्र भण्डारीले - १५८० सुजाता कोइराला - ६४४ महेश...

  • २०७८ पौष १, बिहिबार

    कांग्रेस महामन्त्रीको मतगणना बिहानदेखि सुरु

    गच्छदार दुई मतले हार्दा  काठमाडाैं, पुस १ - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  महामन्त्रीका दुई सिटका लागि विभिन्न समूहबाट ६ जना प्रतिस्पर्धामा छन् । सभापति शेरबहादुर देउवा समूहबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् । पौडेल सिटौला...

  • २०७८ मङ्सिर २९, बुधबार

    कांग्रेस पार्टी सभापतिमा देउवा विजयी

    मंसिर २९, - नेपाली कांग्रेस पार्टी सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । निर्वाचन समितिले आधिकारीक घोषणा गर्न भने बाँकी छ । विजयी हुन आवश्यक पर्ने २२ सय ८१ मतको सिमा उनले पार गरेसँगै उनी विजयी बनेका हुन् । दोस्रो चरणको निर्वाचनमा ४५ सय ६३ मत खसेक‍ो थियो । उनले २२ सय ८८ मत प्राप्त गरेका छन् । साढे सात सय मत गन्न बाँकी नै रहदा विजयी भएका हुन् । उनका प्रतिस्पर्धि शेखर कोइरालाले  १५ सय १ मत लिएका...

  • २०७८ मङ्सिर २९, बुधबार

    कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे चुनावमा पनि देउवकाे अग्रता, १००० भोट गन्दा देउवाको ५९०, कोइरालाको ४९१ मत

    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानको मत गणना हुँदा देउवाले अग्रता लिएका हुन् । एक हजार मत गन्दा शेरबहादुर देउवाले ५९०  मत लिएका छन् । शेखर कोइरालाले ४९१ मत प्राप्त गरेका छन् । पहिलो चरणमा सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने प्रवधानको कारण दोस्रो चरणमा मतदान भएको हो । कांग्रेसका ४७ सय ४३ महाधिवेसन प्रतिनिधि मध्ये पहिलो चरणमा...

Pages