राजनीति
-
२०७८ मङ्सिर २९, बुधबार
वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, ५ मन्त्री र १ राज्यमन्त्री थपिए
२८ मंसिर, हेटौंडा - वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा...
-
२०७८ मङ्सिर २९, बुधबार
एमसीसीविरुद्ध ८ दलको प्रदर्शनमा प्रहरी हस्तक्षेप
२८ मंसिर, काठमाडौं - नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी) माओवादीलगायत ८ राजनीतिक दलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै मंगलबार गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। मंगलबार संसद बैठक बस्ने दिन पारेर ८ दलले संसद भवन घेराउको कार्यक्रम राखेका थिए। संसद भवनतर्फ अगाडि बढ्न खोज्दा मिन भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको नेकपा (मसाल) बागमतीका प्रवक्ता...
-
२०७८ मङ्सिर २८, मंगलबार
प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित
मंसिर २८, काठमाडौं - प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार सुरु भएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले पुस ६ गते सम्मका लागि स्थगित गरेका हुन् । मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । एमालेको अवरोधका बीच प्रतिनिधिसभामा अध्यादेशहरू पेस भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले...
-
२०७८ मङ्सिर २८, मंगलबार
कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे चुनावमा देउवालाई सिंह, निधि र गुरूङकाे समर्थन
२८ मंसिर, काठमाडौं - सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९,...
-
२०७८ मङ्सिर २८, मंगलबार
विप्लवसहितको मोर्चाले नेपालस्थित एमसीसीको कार्यालय घेर्याे
२७ मंसिर, काठमाडौं - नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् । सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् । एमसीसी जनतामाथि तेस्र्याइएको तरबार हो घेराउपछि...
-
२०७८ मङ्सिर २८, मंगलबार
कांग्रेस महाधिवेशन : ३२८२ मतगणना हुँदा देउवाको १५५६ र कोइरालाको ११९७ मत
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तगर्त सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । अहिलेसम्म ३२८२ मतगणना हुँदा देउवाले १५५६ मत पाएका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ११९७ मत पाएका छन् । प्रकाशमान सिहंले २५७ मत पाउँदा विमलेन्द्र निधिले २०१ मत पाएका छन् । कल्याण गुरुङले १७ मत पाएका छन् ।
-
२०७८ मङ्सिर २७, सोमबार
समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ । गत भदौ २ मा नेकपा (एमाले) बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।
-
२०७८ मङ्सिर २५, शनिबार
कांग्रेस महाधिवेशन : सभापतिमा ६ जनाको उम्मेदवारी
२५ मंसिर, काठमाडौँ - नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । सभापति पदका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कल्याण गुरुङ, युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी पार्टीको उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सह–महामन्त्रीमा २० जनाको उम्मेदवारी परेको नेपाली...
-
२०७८ मङ्सिर २३, बिहिबार
पूर्वडीआईजी रमेश खरेल पनि होमिए राजनीतिमा, 'नेपाल सुशासन पार्टी' घोषणा गर्दै
मंसिर २३, २०७८ - नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि राजनीतिमा होमिएका छन् । खरेलले भोलि नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले समय र स्थान पनि निर्धारण गरिसकेका छन् । खरेलले 'नेपाल सुशासन पार्टी' नामक राजनीतिक दल घोषणा गरेका हुन् । भोलि दिउँसो साढे ३ बजे युनियन हाउस अनामनगरमा एक कार्यक्रम गरी खरेलले नयाँ पार्टी गठन गर्न लागेका हुन् । खरेलले नेपालमा देशलाई समृद्ध बनाइ सफल...
-
२०७८ मङ्सिर २२, बुधबार
प्रकाशमान र शेखरले सभापतिको दाबी नछाडेपछि जुटेन सहमति
२२ मंसिर, काठमाडौँ - नेपाली कांग्रेसका संस्थापनइतर समुहको चाक्सीवारीमा बसेको बैठक विना निष्कर्ष सकिएको छ । साे समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुटेको छैन । साझा उम्मेदवार तयार गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि नेताहरू बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने गरी उठेका छन् । केन्द्रीय सदस्य गुरुराज...
-
२०७८ मङ्सिर १९, आइतबार
बागमती कांग्रेसको सभापतिमा बानियाँ निर्वाचित
मंसिर १९ काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा संस्थापन पक्ष (देउवा समूह) का इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार बानियाँले १०८५ मत ल्याएका छन् । जोशीले भने ९२७ मत प्राप्त गरे । निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । बानियाँले दोस्रो चरणको निर्वाचनमा केसीलाई...
-
२०७८ मङ्सिर १९, आइतबार
नयाँ दल खाेल्ने कसरतमा थापा–राणा
राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्वीकार गरेर बसिरहलान् ? अहिले राप्रपाभित्रै यो प्रश्न गम्भीर रूपमा उठेको छ । अध्यक्षमा थापा पराजित भएपछि थापा र पशुपतिशमशेर राणा नयाँ पार्टी गठनबारे अनाैपचारिक छलफल चलाउन थालेका छन् । थापानिकट एक केन्द्रीय सदस्यले थापा र राणा नयाँ पार्टी बनाउने तयारीमा रहेको दाबी गरे । उनका अनुसार त्यसका लागि केही महिना भने लाग्नेछ । अहिले...


