STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ मङ्सिर १५, बुधबार

    निर्देशक तीर्थ थापाले गरे उम्मेदवारीको घोषणा

    चलचित्र निर्देशक तथा नेपाल साँस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापतिसमेत रहनुभएका थापाले आफ्नो हकहितका लागि कलाकर्मीले अब राजनीतिमा...

  • २०७८ मङ्सिर १४, मंगलबार

    एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत

    १४ मंसिर, सौराहा - नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम...

  • २०७८ मङ्सिर १४, मंगलबार

    नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

    १४ मंसिर, सौराहा - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्षमा चुनिएका ओलीले १०औँ महाधिवेशनमा रावललाई पराजित गरे । कूल खसेको दुई हजार ९६ मतमध्ये ओलीले १८०८ मत पाए भने उनका प्रतिद्वन्द्वी रावलले २१३ मत पाए । ओलीले १०औँ...

  • २०७८ मङ्सिर १४, मंगलबार

    कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    १४ मंसिर, विराटनगर - कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो । तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको...

  • २०७८ मङ्सिर १३, सोमबार

    कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ निर्वाचित

    १३ मंसिर, काठमाडौँ - नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरेका छन् । काठमाडौंमा यहाँका स्थायीबासी पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको...

  • २०७८ मङ्सिर १३, सोमबार

    एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव चुनियो

    १३ मंसिर, काठमाडौं - नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव सर्वसम्मत चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र तीन उपमहासचिवमा विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली निर्विरोध चयन भएका हुन् । मनाेनयनकाे समय सकिँदासम्म यी तीनवटै पदमा अरु कसैको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन् । यद्यपि निर्वाचन समितिले घोषणा गर्न भने बाँकी छ...

  • २०७८ मङ्सिर १३, सोमबार

    एमाले अध्यक्षका लागि ओली र रावलबीच भिडन्त

    काठमाडाैं, १३ मंसिर - नेकपा एमालेको अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच भिडन्त हुने भएको हाे । उपाध्यक्षमा बस्न बन्दसत्रको हलबाटै ओलीले गरेको आग्रह रावलले अस्वीकार गरेका थिए । उनले अध्यक्षमा उम्मेदवारी दिन मनोनयन दर्ता फारम भरेका छन् । निर्वाचनको बाँकी प्रक्रिया आज सुरु हुँदैछ । ओलीलाई सर्वसम्मत रूपमा अध्यक्ष बन्न रोक्दै रावलले उम्मेदवारी दिने भएका हुन्...

  • २०७८ मङ्सिर १३, सोमबार

    ओलीले घोषणा गरे आफ्ना १९ सारथी (नामावलीसहित)

    नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सारथी घोषणा गरेका छन् । एमाले हाँक्नका लागि उनले १९ पदाधिकारी प्रस्ताव गर्ने क्रममा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् । यस्तै उपाध्यक्षहरूको सूचीमा  युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ अटाएका छन् । ओलीले महासचिवका लागि शंकर...

  • २०७८ मङ्सिर ११, शनिबार

    प्रदेश सभापतिमा उम्मेदवारी दिने भीमसेनदास प्रधानको घोषणा

    ११ मंसिर, काठमाडाैँ - नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिवार काठमाडौंस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमति प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफुले भुमिका...

  • २०७८ मङ्सिर ११, शनिबार

    एमाले महाधिवेशन : पदाधिकारीमा सर्वसम्मतिको सम्भावना बलियाे

    चितवन, ११ मंसिर- मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेपछि एमालेको नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना बलियो बनेको छ । पदाधिकारीमा सर्वसम्मति गरेर बाँकी पदका लागि चुनाव हुने सम्भावना देखिएको हो । अध्यक्ष ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेका छन् । उनले आफूलाई अध्यक्षमा टक्कर दिने घोषणा गरेका भीम रावलसहित सुवास नेम्वाङ, रामबहादुर थापा...

  • २०७८ मङ्सिर ९, बिहिबार

    सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली

    ९ मंसिर, काठमाडौं - सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएकाे छ ।  बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । अघिल्लो बिहीबारको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च...

  • २०७८ मङ्सिर ९, बिहिबार

    कांग्रेस सभापतिमा विमलेन्द्र निधिले गरे उम्मेदवारी घोषणा

    मंसिर ९, २०७८, काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।  बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपसभापति निधिले १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । योसँगै निधिले सभापति शेरबहादुर देउवा समूह औपचारिक रूपमा छोडेका छन् ।  १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सभापति देउवाले निधिलाई उपसभापतिमा मनोनीत गरेका थिए । लामो...

Pages