STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ पौष १७, शनिबार

    रामचन्द्र पौडेल, विजय गच्छदार लगायत १० नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

    १७ पुस, काठमाडौं - नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय समितिमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल, कांग्रेस नेता प्रकाशमान सिंह, विजयकुमार गच्दारसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौडेल, सिंह, गच्छदारसँगै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा....

  • २०७८ पौष १६, शुक्रबार

    एमसीसी खारेजीको लागि नेमकिपाको प्रदर्शन

    पुस १६, काठमाडौं -  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।   एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै नेमकिपाले शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी नेमकिपाका कार्यकर्ताहरूले 'एमसीसी सम्झौता खारेज गर', 'राष्ट्रघाती सम्झौता चाहिँदैन', 'अमेरिकी साम्राज्यवाद मुर्दावाद', 'एमसीसीका मतियारहरू खबरदार', 'सरकार र सांसदहरू-होसियार...

  • २०७८ पौष १४, बुधबार

    नेवार समुदायलाई नेतृत्वको लागि अघि बढ्न आग्रह

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदाय अहिले संकटको अवस्थामा पर्दै गएको विचार राख्नुभएको छ ।  काठमाडौंमा मंगलबार नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन आजको दिनसम्म...

  • २०७८ पौष ११, आइतबार

    नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

    ११ पुस, काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन राजधानीको प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको छ। महाधिवेशन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रज्ञा प्रतिष्ठान पुगेका छन । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत...

  • २०७८ पौष ११, आइतबार

    प्रधानन्यायाधीशविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

    ११ पुस, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत् नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापन पत्र बुझाएका छन् । आज आइतवार ललितपुरको पुल्चोकमा रहेको विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत् नागरिक आन्दोलनका अगुवा प्रा. डा. गोविन्द केसीसहितको टोलीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै...

  • २०७८ पौष ११, आइतबार

    रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

    ११ पुस, काठमाडौं - शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो। किन रातारात यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ। एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा आम कार्यकर्ता पङ्क्तिमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै थियो। शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘...

  • २०७८ पौष ११, आइतबार

    माओवादीको केन्द्रीय कमिटीको आकार बढ्ने

    ११ पुस, काठमाडौं - नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ।’ नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय...

  • २०७८ पौष ११, आइतबार

    सातबुँदे माग पूरा नभए अनशन बस्ने डा. केसीको चेतावनी

    ११ पुस, काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धरानस्थित बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न माग गरेका छन् । डा. केसलीले विज्ञप्ति निकालेर सरकारसँग सातबुँदे माग अगाडि सारेका हुन् । बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरेर कारबाही गर्ने, सार्वजनिक पदमा हुने स्वार्थको द्वन्द्व रोक्न कानुन बनाउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका...

  • २०७८ पौष ११, आइतबार

    नेपाली भूभाग समेटेर भारतले जारी गर्‍यो नक्सा

    पुस १०,  काठमाडौं - नेपाली भूभाग समेटेर भारतले पुनः राजनीतिक नक्सा जारी गरेको छ । यसअघि नेपालले आफ्नो नक्सामा समेटेको नेपाली भूभाग कालापनी, लिम्पियाधुरा तथा लिपुलेक लगायतका क्षेत्र समेटर भारतले राजनीतिक नक्सा जारी गरेको हो । यस विषयमा राजनैतिक र प्रशासनिक रूपमा समधान गर्ने भनेर दुबै पक्षले प्रतिबद्धता जारी गरे पनि भारतले पुनः अर्को राजनीतिक नक्सा जारी गरी त्यसमा नेपाली भूभाग पनि समेटेको हो ।...

  • २०७८ पौष ८, बिहिबार

    ओलीलाई १५१ किलोको माला

    पुस ८, काठमाडौं - एमाले अध्यक्ष केपी ओलीलाई १५१ किलोको मालाले स्वागत गरिएको छ। आज पर्सामा आयोजित नेकपा एमालेको जिल्ला समितिले पार्टी प्रवेश कार्यक्रममा पार्टीका कार्यकर्ताहरुले उनलाई १५१ किलोको माला लगाइदिएका हुन् । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई १५१ किलोको मालाले स्वागत गरे। सोही कार्यक्रममा मियाँ माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश...

  • २०७८ पौष ८, बिहिबार

    विद्यार्थीले जलाए त्रिवि पदाधिकारीको पुत्ला

    पुस ८, काठमाडौं - त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्वतः स्थायी बनाउन गरेको निर्णयविरुद्ध विद्यार्थीहरूले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा बिहीबार संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका कुलपति, उपकुलपति, सहकुलपति, रेक्टर र रजिस्ट्रारको पुतला दहन गरेका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल (छैटौँ), समाजवादी विद्यार्थी युनियन र अखिल...

  • २०७८ पौष ७, बुधबार

    कांग्रेसको प्रदेश २ अधिवेशन : भोलि बिहान ८ बजेदेखि मतदान हुने

    बुधबार, पुस ७ - नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ ।  मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उनले बताए । मङ्गलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि बुधबार बिहान ८ बजेदेखि मतदानको समय तालिका...

Pages