STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ भाद्र १, मंगलबार

    ओलीले गर्यो नेपालसहित १४ सांसदको पद खारेजीको निर्णय

    नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो । पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । एमाले सचेतक...

  • २०७८ भाद्र १, मंगलबार

    डा. केसी आमरण अनशन स्थगित गर्न सहमत

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि डा. गोविन्द केसी आमरण अनशन स्थगित गर्न सहमत भएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवाले डा. केसीलाई बाेलाएर भेटेका हुन् । भेटवार्तापछि उनले पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन तत्काल नबस्नन सहमत भएका हुन्। स्वास्थ्य राज्यमन्त्रीले राजीनामा दिनुपर्ने लगायतका ५ बुँदे माग राखेर उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।

  • २०७८ भाद्र १, मंगलबार

    ओलीसामु नेपालका शर्त - सबै निर्णय फिर्ता हुनुपर्छ

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका सबै निर्णयहरू फिर्ता गर्न तयार हुनुपर्ने शर्त अघि सारेका छन् । एकता लागि उपमहासचिव घनश्याम भुसालले अन्तिम पहल गर्ने भन्दै अध्यक्ष ओलीसँग संवाद गर्ने बताएपछि नेता नेपालले यो शर्त राखेका हुन् । 'एकताका लागि घनश्यामजीले अन्तिम प्रयास गर्छु भने पछि मैले उहाँलाई अध्यक्ष ओलीले अहिलेसम्म एकतामा असर...

  • २०७८ श्रावण ३२, सोमबार

    सदनका दुवै अधिवेशन अन्त्य, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका

    बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संघीय सदनका दुवै अधिवेशन अन्त्य गरेकी हुन् । अघिल्लो सरकारले ल्याएका १५ वटा महत्त्वपूर्ण अध्यादेशमाथि छलफल नै नगरी संसदको अधिवेशन अन्त्य गरिएको छ । आफू प्रतिपक्षमा रहँदा सदनलाई बिजनेस दिन नसकेको भन्दै ओली नेतृत्वको सरकारको आलोचनामा उत्रिएका शेरबहादुर देउवाले पनि...

  • २०७८ श्रावण ३२, सोमबार

    जसपामा ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ - सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको आधिकारिकता सदर भएको छ ।   “दलको आधिकारिताबारे आयोगबाट यही...

  • २०७८ श्रावण ३२, सोमबार

    घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यको सर्वोच्चमा रिट

    काठमाडौँ - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायतलाई विपक्षी बनाई शाक्यको वारिसका रुपमा प्रेमकुमार काफ्लेले उक्त रिट निवदन दायर गर्नुभएको हो । रिट निवेदनमा भनिएको छ, “मेरो सहमतिबेगर...

  • २०७८ श्रावण ३१, आइतबार

    अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न समिति गठन

    सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सचिव पौड्यालले घिमिरेको संयोजकत्वमा गठित...

  • २०७८ श्रावण ३१, आइतबार

    माओवादी केन्द्रले गरे जिल्ला कमिटी विघटनको निर्णय

    नेकपा माओवादी केन्द्रले संघीय संरचना अनुसार पार्टीको संरचना परिवर्तन गरेको छ । माओवादी केन्द्रले स्थानीय तह, प्रदेश र केन्द्रका रूपमा पार्टीका संरचना निर्माण गर्न लागेको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको बताएका हुन् । अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै...

Pages