राजनीति
-
२०७८ श्रावण १७, आइतबार
वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी चार्ज
काठमाडौँ - वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको छ । सेवासुविधासहित विभिन्न ५ सूत्रीय माग राख्दै धर्ना दिइरहेका स्वास्थ्यकर्मी तथा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमबीच छलफलको क्रममा भनाभन भएपछि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो । कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि डा. गौतमले प्रहरी बोलाएका थिए ।...
-
२०७८ श्रावण १६, शनिबार
तुइन घटनामा एसएसबीको संलग्नता छैन : भारतीय पक्ष
तुइनबाट युवक खसेको घटनामा सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी भारतीय पक्षले गरिएको छ । शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउनेबेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा व्याँसका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीको संलग्नता रहेको प्रत्यक्षदर्शीले बताउँदै आए पनि तर भारतीय पक्षले भने यस्तो नभएको दाबी गरेको हो । भारतको...
-
२०७८ श्रावण १६, शनिबार
प्रधानमन्त्री बन्नका लागि फेरि जालझेल नगर्न ओलीलाई सचेत
काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन् । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका हुन् । अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर...
-
२०७८ श्रावण १६, शनिबार
माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन् । शनिबार काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले बामपन्थीको सरकार ढालेर देउवालाई विश्वासको मत दिएको भन्दै यस्तो बताएका हुन् । माधव नेपालसहित फ्लोर क्रस गर्ने एमालेका सांसदहरूलाई पनि पार्टीमा ठाउँ नभएको उनको भनाइ थियो । 'माधव नेपालजस्ता आन्दोलनविरोधीहरूलाई पार्टीमा कुनै ठाउँ छैन,' ओलीले भने ।...
-
२०७८ श्रावण १६, शनिबार
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई निर्विरोध दलको नेता चयन गरेको वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । पार्टीको संघीय परिषद्का अध्यक्षसमेत रहेका डा. बाबुराम भट्टराईले यादवलाई दलको नेतामा प्रस्ताव गरेका थिए भने नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए । बैठकमा २१ सांसदको...
-
२०७८ श्रावण १४, बिहिबार
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले लिए शपथ
काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई...
-
२०७८ श्रावण १३, बुधबार
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोहमा...
-
२०७८ श्रावण १३, बुधबार
देउवालाई चिनियाँ प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवालाई खछ्याङले बधाई सन्देश पठाएकोबारे जानकारी दिएको हो । चिनियाँ प्रधानमन्त्री खछ्याङले बधाई सन्देशमा देउवाको कार्यकालमा नेपाल र चीनको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । दुई देशको सम्बन्ध थप सुदृढ बनाउन नेपालको...
-
२०७८ श्रावण १२, मंगलबार
राष्ट्रिय योजना आयोगमा अर्थविद् पौडेल नियुक्त
काठमाडौँ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
-
२०७८ श्रावण १२, मंगलबार
गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस
काठमाडौं - सरकारले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह...
-
२०७८ श्रावण १२, मंगलबार
संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धी अभिव्यक्तिप्रति आदिवासी जनजाति महासंघ घोर निन्दा
नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको बताएको छ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गरेका थिए। उक्त प्रस्ताव संविधान विरोधी रहेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति निकारेर उल्लेख गरेका छन्।...
-
२०७८ श्रावण १२, मंगलबार
देउवा निवासमा पार्टीको पदाधिकारी बैठक बस्दै
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानिलकण्ठस्थित आफ्नो निजी निवासमा बस्ने गरी पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । आज बिहान बस्ने गरी बैठक बोलाइएको छ । सानेपास्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र अनसन दिइरहेकाले देउवाले बूढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको महाधिवेशन एवं मन्त्रिपरिषद्...


