राजनीति
-
२०७८ श्रावण २६, मंगलबार
विद्यार्थी संगठनद्वारा लुम्बिनी क्याम्पसमा तोडफोड
बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन् । मंगलबार बिहानै २०/२२ वटा मोटरसाइकलमा गएका नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले क्याम्पसको प्रशासनिक भवन तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ । उनीहरूले क्याम्पसको प्रवेशद्वारसँगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा, परीक्षा शाखालगायतका शाखाहरूमा तोडफोड गरेको क्याम्पस प्रमुख डा....
-
२०७८ श्रावण २५, सोमबार
आज ‘विश्व आदिवासी दिवस, सरकार अधिकार सुनिश्चित गर्न प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । ‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्नुहुने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा...
-
२०७८ श्रावण २४, आइतबार
कीर्तिपुर नपाका एमाले जनप्रतिनिधिहरु केपी ओलीको पक्षमा
मेयरद्वारा नगरका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु संस्थापन पक्षमा रहेको घोषणा कीर्तिपुर नगरपालिकाका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु संस्थापन पक्ष केपी ओली नेतृत्वको पक्षमा रहेको खुलासा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गर्नुभएको छ । कीर्तिपुरको स्थानीय दलको आयोजनामा शनिबार कीर्तिपुर ९ वडास्थित कृष्ण क्याटरिङ्गको हलमा भएको एक कार्यक्रममा मेयर महर्जनले उक्त जानकारी दिनुभएको हो । ‘...
-
२०७८ श्रावण २३, शनिबार
'सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या : नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको बताएका हुन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरूले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा...
-
२०७८ श्रावण २१, बिहिबार
प्रचण्डको माग सर्वाेच्चद्वारा अस्वीकार, एमाले प्रवेशीका पद जोगिए
नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिको पद जोगिएको छ । एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्याकेट निवेदन दिएका थिए । तर, बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलास प्रचण्डको मागबमोजिम अन्तरिम आदेश खारेज गर्न...
-
२०७८ श्रावण २१, बिहिबार
नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा साढे ११ बजेपछि बैठक सुरु भएको हो। बैठकमा सहभागी हुन नेपालपक्षका नेताहरु जम्मा भएका छन्। स्थायी कमिटी बैठकपछि सोही स्थानमा केन्द्रीय कमिटी बस्ने छ। यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो। एमालेभित्रको एकता र भावी रणनीतिका...
-
२०७८ श्रावण २०, बुधबार
भुमी आयोग खारेजी गलत - राष्ट्रिय सभा सांसद
राष्ट्रिय सभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको भन्दै त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराईन । मिटरमा भाडादर निर्धारण गर्नुपर्ने उनले बताइन । उनले भनिन् – ‘ट्याक्सी चालकको समेत प्रतिनिधित्व हुनेगरी नियामक निकायले सबै समस्यालाई...
-
२०७८ श्रावण १९, मंगलबार
भूमि आयोग खारेज, एडीबीको २३ अर्ब ऋण सहायता स्विकार गर्ने सरकारको निर्णय
काठमाडाैँ - सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सरकारले कोभिड नियन्त्रणका लागि एडीबीले दिएको करिव २३ अर्ब ५८ करोड ऋण सहायता स्विकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद...
-
२०७८ श्रावण १८, सोमबार
कर्णालीका एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं - फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चारजना एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पार्टीको ह्वीपविपरित ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय सदर भएको हो । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश गरेको हो। यससँगै सांसदहरु प्रकाश ज्वाला...
-
२०७८ श्रावण १८, सोमबार
एमाले स्कूल विभाग प्रमुखमा ओली
काठमाडौं - नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ। दशौं महाधिवेशनको तयारीमा रहेको एमालेले सोमबार बसेको स्थायी कमिटी बैठकले ९ वटा विभाग गठन गरेको हो। बैठकको निर्णयानुसार गठित विभागमध्ये स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली नै रहने भएका छन्। स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ। यस्तै, उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। संसदीय विभागको प्रमुख सुवासचन्द्र...
-
२०७८ श्रावण १७, आइतबार
एमालेले दियो स्थानीय तहको अधिवेशन असोज ९ सम्म सक्न निर्देशन
काठमाडौं - नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो । बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई दिएको जानकारीअनुसार असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको छ । एमालेले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
-
२०७८ श्रावण १७, आइतबार
वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी चार्ज
काठमाडौँ - वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको छ । सेवासुविधासहित विभिन्न ५ सूत्रीय माग राख्दै धर्ना दिइरहेका स्वास्थ्यकर्मी तथा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमबीच छलफलको क्रममा भनाभन भएपछि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो । कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि डा. गौतमले प्रहरी बोलाएका थिए ।...


