राजनीति
-
२०७८ श्रावण ८, शुक्रबार
बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ। बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता...
-
२०७८ श्रावण ६, बुधबार
सहमति कार्यान्वयनमा सघाउन प्रधानमन्त्रीलाई विप्लवको आग्रह
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । भेटमा विप्लवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले गरेका सहमति कार्यान्वयनमा सघाउन आग्रह गरेको जनाइएको छ। केहि नेतासहित बुधबार दिउँसो बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका हुन् । प्रधानमन्त्रीलाई भेट्न...
-
२०७८ श्रावण ६, बुधबार
गठबन्धन पार्टीहरूलाई साझा कार्यक्रम तय गर्न माओवादीको आह्वान
काठमाडौं - नेकपा माओवादी केन्द्रले गठबन्धनका राजनीतिक पार्टीहरूका बीचमा न्यूनतम साझा कार्यक्रम छिटो भन्दा छिटो तय गर्न आह्वान गरेको छ । माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धता तय गर्न आह्वान गरेको हो । बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको...
-
२०७८ श्रावण ६, बुधबार
नेपालसहित २२ सांसदलाई स्पष्टीकरण : अपराधपूर्ण कार्य किन गर्नुभयो ?
काठमाडौं - नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ । स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई...
-
२०७८ श्रावण ६, बुधबार
माओवादीको स्थायी कमिटी बैठक सुरु
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। बैठकमा सरकारमा पठाउने मन्त्रीको टुंगो लगाइने जनाइएको छ। सत्ता गठबन्धनका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप जारी राखेका छन्। सोही विषयमा मंगलबार प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए। प्रधानमन्त्री देउवा...
-
२०७८ श्रावण ६, बुधबार
माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी
नेकपा (एमाले) को माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी छ । केहीबेर अघि सुरु भएको बैठकमा आगामी कदमबारे छलफल हुने बताइएको छ । सोमबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि पहिलोपटक माधव पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन् । मंगलबार साँझ नेपाल पक्षका सांसदहरूको बैठक...
-
२०७८ श्रावण ६, बुधबार
मन्त्रालय भागबन्डा सहमतिनजिक
काठमाडौं - शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । सत्तारूढ दलबीच आन्तरिक रूपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने पक्का छ । प्रधानमन्त्रीले बिहीबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने...
-
२०७८ श्रावण ४, सोमबार
एमाले बैठकले गर्यो २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय
काठमाडौं - नेकपा एमालेले २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले पेश गरेका थिए । बैठकले सो प्रस्ताव पारित गरेको हो । २२ जनासँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता...
-
२०७८ श्रावण ४, सोमबार
एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, कारबाही सम्बन्धमा छलफल हुने
काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन हुँदैछ ।
-
२०७८ श्रावण ३, आइतबार
समाजवादी ट्रेड युनियनले वितरण गरे स्वास्थ्य सामाग्री
समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो । प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रमिक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक...
-
२०७८ श्रावण ३, आइतबार
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए । एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ...
-
२०७८ श्रावण ३, आइतबार
भीम रावलले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । २०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश...


