STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ श्रावण ३, आइतबार

    भीम रावलले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । २०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश...

  • २०७८ श्रावण ३, आइतबार

    राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । शनिबार बसेको देउवा सरकारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुरुप राष्ट्रपति कार्यालयले एक विज्ञप्ति...

  • २०७८ श्रावण ३, आइतबार

    प्रधानमन्त्री शेरबहादुर देउवाले मागे विश्वासको मत

    काठमाडौं -  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै सम्बोधन गर्दै देउवाले विश्वासको मत मागेका हुन् । उनले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले दिनहुँ संक्रमण बढिरहेको कोभिड १९ को प्रकोपलाई रोक्न सरकारलाई मत दिन आग्रह गरे ।

  • २०७८ आषाढ ३१, बिहिबार

    साउनमा ३ प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस

    सरकारले पुनर्स्थापित प्रतिनिधिसभाको बैठक ३ साउनका लागि बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् बैठक ३ साउन अपराह्न ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिए । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गर्दै ३ साउन ५...

  • २०७८ आषाढ ३०, बुधबार

    माधवकुमार नेपाल गद्दार : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै क्षमा दिन नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपाललाई कुनै पनि क्षमा गर्न नसकिने बताएका हुन् । ओलीले माधव नेपाललाई गद्दारको संंज्ञा पनि दिए । ‘माधव नेपालकै कारण...

  • २०७८ आषाढ ३०, बुधबार

    कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ  - सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी कानुन व्यवसायीले कालीगण्डकी नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि...

  • २०७८ आषाढ ३०, बुधबार

    मूल्यवृद्धिविरुद्ध देशभरका पेट्रोल पम्प बन्द गराइने

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्न थालेका छन् । पाँच विद्यार्थी संगठनले पूर्वघोषणाअनुरूप नै धमाधम पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गरेका हुन् । यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए।

  • २०७८ आषाढ ३०, बुधबार

    तामझामका साथ बालुवाटारबाट बालकोट फर्किए ओली

    निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्किएका छन् । सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् । ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरिरहेका छन् । कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका छन् भने 'आई लभ यू केपी बा',  'केपी ओली जिन्दावाद' लगायतका नारा लगाएका...

  • २०७८ आषाढ २९, मंगलबार

    देउवा सरकारको पहिलो निर्णय : चैत्रभित्र सबैलाई खोप

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार राति बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैत्रभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको हो । आजै सरकारको प्रवक्ता तोकिएका  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनका अनुसार सरकारले अग्रपंक्तिमा खटिएकालाई एक साताभित्र भत्ता उपलब्ध...

  • २०७८ आषाढ २९, मंगलबार

    नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    शेरबहादुर देउवा सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई शपथ गराएकी हुन् । राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीहरू बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले शपथ लिएका हुन् । नवनियुक्त मन्त्री खाँडले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्...

  • २०७८ आषाढ २९, मंगलबार

    देउवाले लिए शपथ, सिंहदरबार पुगी सम्हाले पदभार

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डालीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि शपथग्रहण कार्यक्रम केहीबेर रोकिएको थियो । राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्याएपछि देउवाले शपथ...

  • २०७८ आषाढ २९, मंगलबार

    राष्ट्रपतिको विज्ञप्ति सच्चिए, शपथ लिन देउवा शीतलनिवासमा

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेको स्राेतकाे भनाइ छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति...

Pages