राजनीति
-
२०७८ आषाढ २९, मंगलबार
खोप माग्दै यातायात व्यवसायीले दिए धर्ना
कोभिडविरुद्धको खोपलगायतका विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । यातायातक्षेत्र कोभिडको उच्च जोखिम भएको र सबैभन्दा धेरै असर परे पनि सरकारले वास्ता नगरेको कारण आन्दोलित हुन बाध्य भएको सार्वजनिक यातायात केन्द्रीय महासघं नेपालका अध्यक्ष दोलनाथ खनालले जानकारी दिए । ‘हामीले एक हप्ताअघि नै प्रधानमन्त्री कार्यालय, यातायात मन्त्रालय, अर्थ मन्त्रालय,...
-
२०७८ आषाढ २९, मंगलबार
बादल हटेर फेरि सूर्य उदाउनेछ : ओली
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सवै षड्यन्त्रलाई परास्त गर्दै फेरि एमाले मुलुकमा उदाउने बताएका छन् । सर्वोच्च अदालतले परमादेशबाट सत्ताच्यूत गरेपछि प्रधानमन्त्रीका रुपमा मंगलबार अन्तिम सम्बोधन गर्दै ओलीले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका हुन् । ‘सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, अहिले एकछिन बादल लागेको छ, तर बादल हटाएर फेरि सूर्य उदाउने छ,’...
-
२०७८ आषाढ २९, मंगलबार
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। देउवाको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। यो सँगै देउवा...
-
२०७८ आषाढ २९, मंगलबार
प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट छाडेर निजी निवास बालकोट फर्कने तयारीमा रहेका छन् । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ।
-
२०७८ आषाढ २९, मंगलबार
देउवासँगको छलफलपछि माओवादीले मन्त्रीको टुंगो लगाउने
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने भएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष प्रचण्डले सरकार गठनका सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको छ । देउवा आजै प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । बैठकपछि नेता नारायणकाजी श्रेष्ठले देउवासँग छलफल गरी सरकारको...
-
२०७८ आषाढ २९, मंगलबार
देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाएसँगै देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रतिनिधिसभाका १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेशको माग...
-
२०७८ आषाढ २९, मंगलबार
प्रतिनिधिसभा पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । अदालतले संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर भएको छ ।...
-
२०७८ आषाढ २७, आइतबार
एमाले बैठक १० बुँदे सहमतिमा टुंगियो, निर्वाचित कमिटीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याइने
नेकपा एमालेको एकता प्रक्रिया टुंग्याउन गठित कार्यादलको बैठकले १०बुँदे सहमति जुटाएको छ । आइतबारसिंहदरबारमा १२ घण्टाभन्दा बढी भएको छलफलपछि कार्यदलले एकता टुंगोमा पुर्याउन १०बुँदे सहमति गरेको हो । १०बुँदे सहमतिमा पार्टीको नवौं महाधिवेशन अनुसार निर्वाचित कमिटीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याइने उल्लेख छ । यस्तै एकतासँग मेल नखाने निर्णयहरू बदर गरिने मस्याैदामा उल्लेख छ । यस्तै नेकपामा रहँदाकै...
-
२०७८ आषाढ २७, आइतबार
शंख फुकेर पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले शंख फुकेर प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले शंख फुकेर विरोध जनाएका हुन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार...
-
२०७८ आषाढ २७, आइतबार
नागरिक अगुवा सिंहदरबारबाट पक्राउ
नारायण वाग्ले, खगेन्द्र संग्राैला, नारायण ढकाल, सञ्जीव उप्रेतीसहितका नागरिक अगुवा पक्राउ परेका छन् । मार्चपासका क्रममा सिंहदरबार क्षेत्रबाट उनीहरूलाई आज प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्य र शिक्षामाथिकाे दलीयकरण, भ्रष्टाचार, बेथितिका विराेधमा उनीहरू आन्दाेलित थिए । सिंहदरबार धर्नाबाट गिरफ्तारहरू भएकाहरूमा अर्चना थापा, प्रणेता, अनुभव अजित, अरुणदेव जाेशी, निर्ग नवीन, शशीविक्रम कार्की, अरुण थापा...
-
२०७८ आषाढ २७, आइतबार
अब खोपको अभाव हुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताएका छन्। केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ। हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो,’ प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै भने, ‘भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर...
-
२०७८ आषाढ २७, आइतबार
हस्ताक्षर फिर्ता नगर्ने बटमलाइन : नेपाल
काठमाडौं - नेकपा एकताको प्रयास जारी रहेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए । ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए । नेपाल तर्फका कार्यदल...


