राजनीति
-
२०७८ आषाढ २६, शनिबार
नेपाललाई भेटेपछि प्रचण्ड र देउवाबीच छलफल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो । पाँच दलीय गठबन्धबीच धेरै दिनदेखि वार्ता हुन नसकेको अवस्थामा प्रचण्डले देउवालाई भेटेका हुन् । भेटमा समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल भएको थियो । यसअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि...
-
२०७८ आषाढ २६, शनिबार
कोटेश्वरबाट फर्किएसँगै एमालेकाे बैठक सुरु
काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै बैठक सुरु भएको हो । बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरु नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका...
-
२०७८ आषाढ २६, शनिबार
शीर्ष नेताकै कारण एमाले एकतामा ढिलाइ
काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी एकताका लागि सहमतिनजिक पुगेको छ । शुक्रबार बसेको कार्यदल बैठकले धेरै विषयमा सहमति जुटाएको कार्यदलका सदस्यले बताएका छन् । यद्यपि, कार्यदलले जुटाएको...
-
२०७८ आषाढ २४, बिहिबार
एमाले कार्यदल बैठक स्थगित, साँझ फेरि बस्दै
काठमाडौँ - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक स्थगित भएको छ । केही समय ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक आन्तरिक गृहकार्य गर्नका लागि समयको आवश्यकता परेको र बिहीबार साँझ पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए । ‘विभिन्न आन्तरिक गृहकार्यको तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर स्थगित गरेका हौँ । आज साँझ ७ बजे फेरि बैठक...
-
२०७८ आषाढ २३, बुधबार
शिक्षामन्त्री श्रेष्ठ र रुपा सुनारलाई सर्वोच्चले बोलायो
सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । कोठा भाडा प्रकरणमा चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई...
-
२०७८ आषाढ २३, बुधबार
आन्तरिक विवाद मिलाउन एमाले बैठक आज पनि बस्दै
एमालेकाे आन्तरिक विवाद मिलाउन गठित कार्यदल बैठक आज पनि बस्दै छ । सिंहदरबारमा बिहान बस्ने बैठक विवाद समाधानका उपायमाथि नै केन्द्रित हुने कार्यदल सदस्यहरूले बताएका छन् । नेता भीम रावलका अनुसार पार्टीभित्रका विवाद अनि समस्याहरू पहिचान भइसकेकाले अब निकासमा केन्द्रित रहेर छलफल हुने छ । हिजाे कार्यदल बैठक निचाेडविहीन बनेकाे थियाे । कार्यदल सदस्य गाेकर्ण विष्टले हिजाेकाे बैठकमा विवादका विषयहरूमाथि...
-
२०७८ आषाढ २२, मंगलबार
वायुसेवा निगमलाई कम्पनी मोडेलमा लैजाने तयारी, विरोधमा तालाबन्दी
नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने मनसायसहित कम्पनी मोडेलमा लैजाने सरकारले तयारी गरेको भन्दै त्यसको विरोधमा प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खुलाएको छ । संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो । निगममा कार्यतर कर्मचारीले विभिन्न माग राखी १८ असारदेखि महाप्रबन्धक तथा...
-
२०७८ आषाढ २२, मंगलबार
‘प्रचण्ड’ नेपाललाई भेट्न कोटेश्वरमा
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्ड सीधै कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन् । हाल दुई नेताबीच छलफल जारी रहेको स्रोतले बताएको छ । यता, पार्टीको आन्तरिक विवाद समाधानका लागि नेकपा...
-
२०७८ आषाढ २२, मंगलबार
एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी
काठमाडौं - नेकपा एमालेको कार्यदलबीच सिंहदरबारमा वार्ता जारी छ । फुटको संघारमा रहेको पार्टी जोगाउन गठित कार्यदलको आजको बैठकले सहमतिको मस्यौदा टुंगो लगाउने तयारी छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त...
-
२०७८ आषाढ २२, मंगलबार
संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, फैसला असार २८ मा
काठमाडौं - संसद विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । यससम्बन्धी फैसला भने असार २८ गते आउने भएको छ । सर्वोच्च अदालतमा परेको रिट उपर पक्ष र विपक्षका तर्फबाट बहस सकिएको छ । हाल संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्धामा एमिकस क्युरीको राय समेत प्रस्तुत भइसकेको छ । अब आगामी सोमबारका लागि पेशी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
-
२०७८ आषाढ २०, आइतबार
राष्ट्रिय सभाको दोस्रो बैठक बस्दै
राष्ट्रिय सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकका लागि २ वटा सम्भावित कार्यसूची मात्र तय गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण...
-
२०७८ आषाढ २०, आइतबार
पार्टी एकताको लागि एमाले नेताहरु दौडधुपमा
काठमाडौं - पार्टी फुटको संघारमै रहेको सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरू पार्टी बचाउँन अन्तिम दौडधुपमा लागेका छन् । नेपाल समूहका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे आज विहान पनि माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । नेताहरुले पार्टी पुनर्मिलनमा गम्भीर हुन माधव नेपाललाई आग्रह गरेको बताइएको छ । त्यस्तै ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल पनि...


