STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ आषाढ १९, शनिबार

    नेपालले भने - अब हस्ताक्षर फिर्ता हुन्न

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको मागसहित सर्वोच्च अदालतमा रिट दायरका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने अडान लिएका छन् । अध्यक्ष केपी ओलीसँगको फोन संवाद र आफूनिकट निवर्तमान सांसदहरूसँगको संवादमा उनले हस्ताक्षर फिर्ता नहुने अडान लिएका हुन् । अध्यक्ष ओलीलाई आफूले हस्ताक्षर फिर्ता नलिने बताएको जानकारी उनले सांसदहरूलाई गराएका...

  • २०७८ आषाढ १८, शुक्रबार

    प्रतिनिधिसभा निर्वाचनको लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न सहमति

    काठमाडौं - अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । मन्त्रालयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा निर्वाचनका लागि आयोगलाई सो रकम खर्च गर्ने गरी सहमति दिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन,२०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य...

  • २०७८ आषाढ १८, शुक्रबार

    एमालेको साख गिराएर ध्वस्त पार्ने काम हुँदैछ : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताए । शुक्रवार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयास भइरहेको बताए । उनले देशलाई अनुशासनहीन, उच्छृङ्खल र सामाजिक सभ्यताको उल्लङ्घन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताए...

  • २०७८ आषाढ १८, शुक्रबार

    ओलीको केन्द्रीय कमिटी बैठकमा वामदेव गौतम सहभागी

    काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् । नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागी हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागी हुन लागेको उनको सचिवालयले जनाएको छ। माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • २०७८ आषाढ १८, शुक्रबार

    राष्ट्रियसभाको बैठकमा १६ अध्यादेश पेश

    काठमाडौं - राष्ट्रियसभाको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गरे । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)...

  • २०७८ आषाढ १७, बिहिबार

    ओलीको बैठकमा सहभागिताबारे निर्णय गर्न झलनाथ-माधव पक्षकाे बैठक बस्दै

    पार्टी अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुने निर्णय गर्न एमाले झलनाथ-माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । नेता युवराज ज्ञवालीका अनुसार सोही बैठकले भोलि के गर्ने भन्ने निर्णय लिने छ । अध्यक्ष ओलीले भोलि बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका छन् । त्यसअघि बुधबार उनले महाधिवेशन आयोजक कमिटी भंग गरी स्थायी कमिटीमा आठ जनालाई मनोनयन गरेका छन् । स्थायी कमिटीमा सदस्य थप...

  • २०७८ आषाढ १७, बिहिबार

    राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु

    संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्काे सिफारिसपछि राष्ट्रपति विद्या भण्डारीले आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी थिइन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । उनले भने, 'स्वास्थ्य मापदण्ड पालना गरी बैठक बस्न सकियोस्...

  • २०७८ आषाढ १६, बुधबार

    एमालेको केन्द्रीय कमिटी बिउँतिने

    काठमाडौं - नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण...

  • २०७८ आषाढ १५, मंगलबार

    कांग्रेस महाधिवेशन : निधि र काेइरालाबीचकाे बैठक सम्पन्न

    काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा बसेको उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाको बैठकले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ। महाधिवेशनमा सभापतिका आकांक्षी रहेका तीन नेताको बैठकले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको हो । ‘आजको बैठकमा केन्द्रीय सदस्यहरूसँग छलफल गरी आगामी रणनीति बनाउने सहमति भएको छ...

  • २०७८ आषाढ १५, मंगलबार

    कालीगण्डकी डाइभर्सनको विरोधमा पाँच दल एकै ठाउँ

    काठमाडौं - कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले सोमबार एक विज्ञप्ति...

  • २०७८ आषाढ १५, मंगलबार

    प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ : सरकारी पक्षबाट बहस जारी

    नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुपरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस...

  • २०७८ आषाढ १४, सोमबार

    विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने

    काठमाडौं - पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंको सोमबार बसेको बैठकले संसद विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा...

Pages