राजनीति
-
२०७८ आषाढ ११, शुक्रबार
प्रदेश २ : मन्त्रिपरिषद समावेश नभएको भन्दै रिट
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ । उच्च अदालत जनकपुरमा दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश...
-
२०७८ आषाढ १०, बिहिबार
मन्त्रीहरूको जिम्मेवारी हेरफेर
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राखेका छन् । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेलले थप उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै शिक्षा मन्त्रालय सम्हालेका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरण;...
-
२०७८ आषाढ ९, बुधबार
ओलीको प्रतिगमनकारी निर्णयविरुद्धमा जनपरिचालन
पाँच दलीय विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्धमा आन्दोलन थाल्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको हो । बैठकले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका...
-
२०७८ आषाढ ८, मंगलबार
सर्वाेच्चको आदेशले राजनीतिलाई थप जटिलतातर्फ : प्रदीप ज्ञवाली
काठमाडौं - नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेलेको टिप्पणी गरेका छन् । सर्वोच्चले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि उनले सो टिप्पणी गरेका हुन् । ‘सर्वोच्चको फैसला अप्रत्याशित छ, यसले राजनीति थप जटिलतातर्फ धकेलिने निश्चित छ ।’ एमाले प्रवक्ता ज्ञवालीले भने । उनले अब पार्टीको बैठक बसेर यसबारे छलफल गर्ने बताए । मंगलबार अदालतले ओलीले गएको...
-
२०७८ आषाढ ८, मंगलबार
सर्वोच्चको आदेशपछि सरकारका २१ जना मन्त्री पदमुक्त
काठमाडौं - सरकारका २१ जना मन्त्री पदमुक्त भएका छन्। मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका २१ मन्त्रीलाई कामकाज नगर्न अन्तरिम आदेश दिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार...
-
२०७८ आषाढ ५, शनिबार
जसपा ठाकुर पक्षमाथि जालसाजीको आरोप
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण फेरेकोप्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । यादवले पक्षले शनिबार विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरेको आरोप लगाएको हो । जसपा यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले निर्वाचन आयोग, पार्टीपंक्तिलाई गुमराह गर्ने उद्देश्यले नक्कली बैठक पुस्तिका तयार गरेर...
-
२०७८ आषाढ ५, शनिबार
कांग्रेस महाधिवेशन भदौ १६-१९ काठमाडौँमा
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६...
-
२०७८ आषाढ ४, शुक्रबार
ओलीविरुद्धको मोर्चालाई सशक्त बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधानको रक्षा गर्न पार्टी समूह र व्यक्तिहरूलाई जोड्दै एकताबद्ध भएर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका नेता प्रकाश शरण महतले जानकारी दिए । ‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा...
-
२०७८ आषाढ ४, शुक्रबार
पार्टी वैधानिकता दावी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा
पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको माग गरेका हुन् । यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरेका हुन् । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले...
-
२०७८ आषाढ ४, शुक्रबार
गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए । सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए । एकल...
-
२०७८ आषाढ ४, शुक्रबार
आज विश्वासको मत लिँदै गण्डकी प्रदेश प्रमुख
पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन्। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते...
-
२०७८ आषाढ ३, बिहिबार
सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन्। प्रतिनिधिसभा विघटन गर्नुका कारण सहित ओलीले बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् । प्रतिनिधि सभा विघटनको कारण सोध्दै अघिल्लो साता सर्वोच्चले सात दिनभित्र लिखित जवाफ बुझाउन प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयलाई आदेश गरेको थियो । प्रधानमन्त्रीले १८ बुँदे जवाफको सार संक्षेपमा अदालतले...


