STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ जेठ २७, बिहिबार

    थपिए ७ मन्त्री र १ राज्यमन्त्री

    काठमाडौं - पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्। ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले  गृह मन्त्रालयको जिम्मा पाएका छन् ।...

  • २०७८ जेठ २५, मंगलबार

    मन्त्रिपरिषद् विस्तारबिरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्विकार

    काठमाडौं - मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु अघि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो । अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । साथै, इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतकासँग मन्त्रिपरिषद पुनर्गठन...

  • २०७८ जेठ २४, सोमबार

    मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद् विस्तार विरुद्ध रिट दर्ता भएको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ हैसियतको रहेकाले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मन्त्रिपरिषद विस्तार बदर...

  • २०७८ जेठ २४, सोमबार

    ओलीको प्रस्ताव फण्डामात्र : खनाल–नेपाल समूह

    काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम्...

  • २०७८ जेठ २४, सोमबार

    खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

    नेकपा (एमाले) खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज सोमबार बस्दै छ । अध्यक्ष केपी ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गरेपछि खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले त्यसबारेमा छलफल गर्न लागेका हुन् । ओलीको अपिलबारे स्थायी कमिटी सदस्यहरूले आज भर्चुअल रूपमा छलफल गर्ने तय भए पनि समय भने यकिन भइसकेको छैन । एक वक्तव्य जारी गर्दै ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका थिए । उक्त...

  • २०७८ जेठ २३, आइतबार

    कर्णाली प्रदेश सरकार : कांग्रेसबाट दुई मन्त्री नियुक्त

    काठमाडौं - कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त मन्त्री कांग्रेसबाट सहभागी भएका हुन् । मन्त्रीपरिषद् विस्तारपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

  • २०७८ जेठ २३, आइतबार

    महतोले आफ्नाे अभिव्यक्ति सच्याए

    उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर चाैतर्फी विराेध भएपछि उनले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । शनिबार राति एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध...

  • २०७८ जेठ २२, शनिबार

    मन्त्रिपरिषदको पुनर्गठनप्रति पाँच दलको आपत्ति

    काठमाडौं - मन्त्रिपरिषदको पुनर्गठन प्रति विपक्षी दलले आपत्ति जनाएका छन् । पाँच राजनीतिक दलहरुहरुले संयुक्त वक्तव्य जारी गर्दै कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको ठहर गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का...

  • २०७८ जेठ २२, शनिबार

    जसपा अन्ततः सत्तामा, कसले पाए कुन मन्त्रालय (सूचीसहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपा नेपाल (महन्थ–राजेन्द्र पक्ष)का १० जनालाई सरकारमा सामेल गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्ता साझेदार बनाएका हुन् । प्रधानमन्त्री ओलीले तीनजनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । जसअनुसार एमालेबाट सामेल भएका विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्रीसहित क्रमशः अर्थ...

  • २०७८ जेठ २२, शनिबार

    प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठन, थपिए ३ उपप्रधानसहित १० मन्त्री

    केपी शर्मा ओली नेतृत्वको सरकारमा भित्रिएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच ओली नेतृत्वको सरकारमा सहभागी तीन उपप्रधानसहित १० मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डरीबाट शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री ओलीले यसअघि मन्त्रिपरिषद्मा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री...

  • २०७८ जेठ १८, मंगलबार

    थापाकाे निधनमा देउवा र प्रचण्डबाट दुःख व्यक्त

    काठमाडौं - विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ । एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ । देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै...

  • २०७८ जेठ १८, मंगलबार

    जसपा विवाद : अध्यक्ष ठाकुरसहित चारजना पार्टीबाट निष्काशित

    काठमाडौं - जसपाको उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासनको घोषणा गरेको छ । महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको...

Pages