राजनीति
-
२०७८ बैशाख १४, मंगलबार
निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यससँगै अब संक्रमणको स्थिति हेरेर जिल्ला तहबाटै निषेधाज्ञा लागू हुने भएको छ । त्यसका लागि मापदण्ड पनि बनाइएको छ । जसअनुसार हिमाली तथा पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय र काठमाडौं उपत्यका तथा तराईका जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय पुगेपछि निषेधाज्ञा जारी हुन सक्ने छ । त्यसरी लगाइएको निषेधाज्ञा...
-
२०७८ बैशाख १२, आइतबार
ओलीले बाेलाए महाधिवेशन आयोजक कमिटीको बैठक
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । यसअघि शुक्रबारको बैठकले नेताहरूको कार्यविभाजन गरेको थियो । सोही बैठकले स्थायी कमिटी पनि विस्तार गरेको थियो । एमालेको कार्यालय सचिव ईश्वरी रिजालले बैठक बस्न लागेको जानकारी दिए । एमालेका नेता शेरबहादुर तामाङले आज विहान १० बजेका लागि...
-
२०७८ बैशाख ११, शनिबार
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १३ गते बस्ने
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि...
-
२०७८ बैशाख ११, शनिबार
अब एमालेमा नेपाल पक्ष जिम्मवारीविहीन
काठमाडौं - एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जिम्मवारीविहीन बनाउँदै कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी कमिटी गठनसहित नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो । नेता वामदेव गौतम र माओवादी केन्द्रबाट आएका चार नेतालाई समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ । स्थायी कमिटीमा प्रधानमन्त्री एवं अध्यक्ष...
-
२०७८ बैशाख १०, शुक्रबार
आउँदो फागुन महिनामा स्थानीय तहको निर्वाचन सकाउने प्रधानमन्त्रीकाे घोषणा
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका हुन् । स्थानीय तहको निर्वाचन पाँच–पाँच वर्षको अन्तरमा हुनुपर्छ । तर, सरकारले आवश्यक ठाने पाँच वर्षअघि पनि स्थानीय तहको निर्वाचन...
-
२०७८ बैशाख १०, शुक्रबार
माओवादीले हटाएका सबैलाई ओलीले उम्मेदवार बनाउने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रले कारबाही गरी सांसदबाट हटाएका नेताहरूलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा उनले पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका नेताहरूलाई ३५ दिनदेखि ६ महिनाभित्र चुनाव जिताएर ल्याउने बताएका हुन् । ६ जेठमा हुने राष्ट्रियसभा निर्वाचनमा थापा एमालेको उम्मेदवार हुने उल्लेख...
-
२०७८ बैशाख ९, बिहिबार
आजदेखि थापाथली कार्यालयबाट एमालेकाे पार्टी सञ्चालनमा
काठमाडौँ - नेकपा एमालेको पार्टी सञ्चालन थापाथलीमा रहेको कार्यालयबाट सुरु भएको छ । बिहीबार लेलिन दिवसको अवसर पारेर थापाथलीमा रहेको भाडाको घरबाट कार्यालय सञ्चालन भएको हो । २०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने गरि क्षति गरेपछि कार्यालय सञ्चालन पासाङ ल्यामु प्रतिष्ठान रहेको धुम्बाराहीको भवनबाट हुँदै आएको थियो । बिहीबार बिहान पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...
-
२०७८ बैशाख ९, बिहिबार
माधव नेपालले बुझाए ओलीलाई स्पष्टिकरण
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालसहित उनको समूहका पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टिकरण बुझाएका छन्। नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले बिहीबार संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन्। उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा...
-
२०७८ बैशाख ६, सोमबार
नेपाल समूह फेरि निर्वाचन आयोग पुग्यो
काठमाडौँ - नेकपा एमाले माधव नेपाल समूहका नेताहरु पार्टीको विवाद समाधानका लागि भन्दै फेरि निर्वाचन आयोग गएका छन् । नेपाल समूहका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आइतबार दिउँसो आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझाएको थियो। फागुन २३ गते सर्वोच्च अदालतको निर्णयसँगै एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयहरु अवैध भएकाले ती निर्णय अभिलेखिकरण नगर्ने उनीहरुले आयोग समक्ष माग...
-
२०७८ बैशाख ६, सोमबार
जसपा र माओवादीको प्रस्ताव : प्रदेश २ काे नाम मधेस, राजधानी जनकपुर
प्रदेश २ को नाम तथा स्थायी राजधानीका लागि आइतबारसम्म दुई वटा प्रस्ताव दर्ता भएका छन् । सत्तासीन दल जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेशसभामा प्रदेश राजधानी तथा नामको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशको नाम मधेस र राजधानी जनकपुरका लागि दुवै दलले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । जसपाले राजधानीका लागि गरेको प्रस्तावमा जनकपुरधामसहित उत्तरतर्फ पूर्वपश्चिम...
-
२०७८ बैशाख ५, आइतबार
बिहान पदमुक्त, दिउँसाे बादल पुनः गृहमन्त्रीमा पुनर्नियुक्त
काठमाडौं - विहान पदमुक्त भएर दिउँसो पुनर्नियुक्ति पाएका रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन् । थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । यसअघि मन्त्री थापालाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्री पदबाट उनि स्वतः पदमुक्त भएका थिए । दिउँसै...
-
२०७८ बैशाख ४, शनिबार
कर्णाली प्रदेशसभा : चार सांसद एमालेबाट निष्कासित
शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका ४ सांसदलाई एमाले कर्णाली प्रदेशले पार्टी सदस्यसमेत नरहने गरी निष्कानिष्कासित गरेको छ । नेकपा एमालेका कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले विज्ञप्ति जारी गरेर प्रदेशसभाका सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको...


