STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ बैशाख २०, सोमबार

    प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : मेडिकल कलेज र ठूला अस्पताललाई अब कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने (सम्बोधनको पूर्णपाठ सहित)

    प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मेडिकल कलेजलाई कोभिड अस्पतालको रूपमा विकास गर्न निर्देशन दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निजी मेडिकल कलेज सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । 'आफूकहाँ भएको शय्याको दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयमा नबुझाएको अवस्थामा सरकारले कारबाही गर्नेछ । सरकारी भवनलाई समेत कोभिड अस्पताल बनाइने भएकाले निजी मेडिकल कलेजले समेत आफ्नो संरचना...

  • २०७८ बैशाख २०, सोमबार

    राष्ट्रपतिबाट गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सूदुरपश्चिमकी शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै मन्त्रिपरिषद् बैठकले पौडेललाई गण्डकी र यादवलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा...

  • २०७८ बैशाख २०, सोमबार

    स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने

    प्रधानमन्त्री केपी ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेका हो । कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै  आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना छ । मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो साढे १ बजे खबर...

  • २०७८ बैशाख २०, सोमबार

    प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।    प्रधानमन्त्री ओलीले सोमबार (आज) दिउँसो साढे तीन बजेपछि देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए ।  उनका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना महामारीका विषयमै केन्द्रित रहने छ ।

  • २०७८ बैशाख १९, आइतबार

    राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद अधिवेशन आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले २७ वैशाख सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । ‘प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न...

  • २०७८ बैशाख १९, आइतबार

    लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलले लिए शपथ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दलले नाराबाजी गर्दै धर्ना दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई शपथ खुवाएका हुन् । विपक्षी गठबन्धनले नाराबाजी गर्दै धर्ना दिएपछि प्रदेश प्रमुख  यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा पुगेका थिए । अविश्वासको...

  • २०७८ बैशाख १९, आइतबार

    पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन:नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन:नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि  नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । सूर्य चुनाव चिह्न लिएर...

  • २०७८ बैशाख १९, आइतबार

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामापत्रमा...

  • २०७८ बैशाख १८, शनिबार

    महामारीबाट सरकार पन्छिन खोज्नु आपत्तिजनक

    काठमाडौं - सरकारले कोरोना सङ्क्रमितको लागि बेड अभाव रहेको र स्वास्थ्य प्रणालीले धान्न नसकेको विज्ञप्ति निकालेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघले आज विज्ञप्ति निकालेर नागरिकका साथमा रहनुपर्ने सरकार नै महामारीबाट पन्छिन खोज्नु आपत्तिजनक रहेको बताएको हो । अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिएर र श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग...

  • २०७८ बैशाख १७, शुक्रबार

    राष्ट्रियसभा उपनिर्वाचनका लागि तोकियो मतदानस्थल र मतदान केन्द्र

    काठमाडौं - निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको जनाएको छ। उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११०...

  • २०७८ बैशाख १७, शुक्रबार

    फुट सँघारमा जसपा

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रुवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई...

  • २०७८ बैशाख १५, बुधबार

    मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा माओवादी

    नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको छ । प्रतिपक्ष दल माओवादी केन्द्रले वैशाखभित्रै अविश्वास प्रस्ताव ल्याउने गरी गृहकार्य थालेको हो । उसले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रदेशको विपक्षी दल नेपाली कांग्रेससँग छलफल गरिरहेको छ । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध...

Pages