राजनीति
-
२०७७ चैत्र ९, सोमबार
एमालेले साेध्याे नेपालसहित चार नेतालाई स्पष्टीकरण
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै नेकपाको संस्थापन पक्षले सोमबार पत्र पठाएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।...
-
२०७७ चैत्र ९, सोमबार
आन्तरिक छलफलमा नेपाल समूह
काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। आज माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए। बैठक बानेश्वरको अर्याल होटलमा बस्ने भएपनि कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेको छैन्। एमालेको संस्थापन पक्षको केन्द्रीय...
-
२०७७ चैत्र ९, सोमबार
राष्ट्रपति भण्डारी ढाकामा, समकक्षी अब्दुल हमिदद्वारा स्वागत
बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेकी छन् । ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी एयरलाइन्सको न्यारोबडी जहाजमार्फत ढाका पुगेकी हुन्। उनलाई ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गरे। राष्ट्रपति भण्डारी त्यहाँ राष्ट्रपिता शेख मुजिबुर रहमानको...
-
२०७७ चैत्र ९, सोमबार
आज कांग्रेस पदाधिकारी बैठक : सत्ता समीकरणबारे छलफल हुने
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् । आज बस्ने पदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता समीकरणलगायतका विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ । सभापति देउवाले पदाधिकारी बैठक बोलाएपछि...
-
२०७७ चैत्र ९, सोमबार
राष्ट्रपतिको आज बङ्गलादेश राजकीय भ्रमण : तीन सम्झौतामा हस्ताक्षर हुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी आज बंगलादेश जाने भएकी छन् । राष्ट्रपति भण्डारीले चैत ९ र १० गते बङ्गलादेशको राजकीय भ्रमण गर्न लागेकी हुन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान त्यसतर्फ जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८:३० बजे...
-
२०७७ चैत्र ८, आइतबार
नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख नलिने
काठमाडौँ - सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रूपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम लिन अस्वीकार गरेका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए। उनले सरकारले...
-
२०७७ चैत्र ७, शनिबार
खनाल-नेपाल समूहका नेतालाई स्पष्टीकरण साेधिने
नेकपा एमालेको संसदीय बोर्डले एमालेको खनाल-नेपाल समूहका केही नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । एमाले ब्युतिएपछि पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहका केही नेतालाई ओली पक्षको संसदीय बोर्डले स्पष्टीकरण सोध्ने भएको हो । कुनै कुनै ठाउँमा समूहगत भेला गरिएकाले पार्टी अध्यक्षले आजको बैठकमा स्पष्टीकरण लिन सक्ने संकेत गरेको सांसद शेरबहादुर तामाङले बताए । पार्टीभित्र...
-
२०७७ चैत्र ७, शनिबार
‘एमालेमा खिया लागेको छ’
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ३ बर्ष देखि लागेको खिया हटाउने प्रयास आफुहरुले गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाण्डौमा सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले ३ बर्षदेखि पार्टीमा खिला लागेको र आफुहरुले खिया फाल्ने प्रयास गरिरहेको बताएका हुन । पूर्ववत रुपमा रहेका...
-
२०७७ चैत्र ७, शनिबार
एमाले ओली पक्षको संसदीय दलको संशोधित विधान पारित
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओली समूहले संसदीय दलको संशोधित विधान पारित गरेको छ। शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले संसदीय दलको विधान प्रस्तुत गरेको थियो। बैठकले सोही विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। ’नेपाल कम्युनिष्ट पार्टी (एमाले) को...
-
२०७७ चैत्र ७, शनिबार
आजको ओली पक्षीय बैठकमा नेपाल-खनाल पक्ष सहभागी नहुने
काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि आह्वान गरेको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार बानेश्वरमा बसेको बैठकले खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बालुवाटारमा बैठक राखेर दललाई निजीकरण गर्न खोजिएको र २८ फागुनको निर्णय खारेज नभएसम्म आजका लागि बोलाइएको...
-
२०७७ चैत्र ६, शुक्रबार
महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस
काठमाडौँ - नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । नेपाल बार एसोसियसनका उपाध्यक्ष बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।
-
२०७७ चैत्र ६, शुक्रबार
प्रतिनिधिसभा बैठक चैत १० सम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक चैत १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसद अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ शर्माले लोकसेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस...


