STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ बैशाख २६, आइतबार

    जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने

    जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने जानकारी गराएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्दै उनीहरूले पार्टी पनि जोगाउनुपर्ने बाध्यता र प्रधानमन्त्री ओलीले आफूहरूका केही माग पूरा नगरेकाले विश्वासको मत दिन नसकिने जानकारी गराएका हुन् । 'हामीले प्रधानमन्त्रीलाई तटस्थ बस्ने जानकारी गरायौँ । पार्टी पनि जोगाउनु छ,...

  • २०७८ बैशाख २६, आइतबार

    नेपाल-खनाल समूहका सांसदले राजीनामा दिने

    अध्यक्ष केपी शर्मा ओली नसुध्रिएको भन्दै एमालेको नेपाल-खनाल समूहका सांसदले राजीनामा दिने तयारी गरेका छन् । राजीनामा दिनुअघि स्थायी कमिटी बैठकमा उनीहरूले छलफल गर्ने भएका छन् । नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताउने बटमलाइनमा अध्यक्ष ओली सकरात्मक नभएपछि उनीहरू राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । नेपाल-खनाल समूहमा प्रत्यक्ष निर्वाचित २२ सांसद छन् भने समानुपाति निर्वाचन प्रणाली मार्फत...

  • २०७८ बैशाख २६, आइतबार

    संवैधानिक परिषदको बैठक बस्दै

    आज संवैधानिक परिषदको बैठक बस्दै छ । आज बिहान ९ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । आजको बैठकले संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि गरिने सिफारिसका बारेमा छलफल गर्ने छ । संवैधानिक आयोगहरूमा नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्छ । सिफारिस भएकाहरूको संसदीय सुनुवाइपछि अनुमोदन भएमा नियुक्ति हुन्छ । यता प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा...

  • २०७८ बैशाख २६, आइतबार

    जसपाका ठाकुर र महतो देउवाबी भेटवार्ता

    काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । आइतबार बिहान ठाकुर र महतो सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सोमबार सदनमा लिने विश्वासको मतको विषयमा छलफल केन्द्रित भएको छ । जसपामा ठाकुर र...

  • २०७८ बैशाख २५, शनिबार

    महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने तयारी

    सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएर नेपालको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गर्ने तयारी गरेको हो । 'महामारी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको लिस्ट परराष्ट्र मन्त्रालयमा दिएका छौँ,' स्वास्थ्य मन्त्रालय स्रोतले...

  • २०७८ बैशाख २५, शनिबार

    चीनले नेपाललाई कोरोना रोकथामका सामग्री दिने

    चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्ने भएको छ । विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री वाङ यीले चीन नेपालको अवस्थाबारे जानकार रहेको भन्दै छिट्टै कोरोना रोकथामका सामग्री हस्तान्तण गर्ने बताए । 'नेपालमा कोरोनाको अवस्थाबारे चीन जानकार छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक पर्ने सामगी तयारी अस्थामा छन् । छिट्टै हामी नेपाललाई...

  • २०७८ बैशाख २४, शुक्रबार

    कोरोना परीक्षणकाे लागि प्रधानमन्त्रीले दिए स्वाब

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उनको सचिवालयले जनाएको छ । बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

  • २०७८ बैशाख २४, शुक्रबार

    गृहमन्त्री बादलले दर्ता गरे उम्मेदवारी

    एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार हेलिकोप्टरमार्फत हेटौँडा पुगेका गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गरेका हुन् । बादलको प्रस्तावक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छिन् । यसअघि स्थायी कमिटीको बैठकले उम्मेदवार बनाउने निर्णय गरेपछि गृहमन्त्री...

  • २०७८ बैशाख २४, शुक्रबार

    वाग्मती प्रदेश : उपचुनावको लागि आज उमनोनयन

    काठमाडौं - वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घीयता...

  • २०७८ बैशाख २१, मंगलबार

    माओवादीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने

    काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । आजको बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने माओवादी केन्द्रले बताएको छ । यसअघि माओवादीले समर्थन फिर्ता लिने निर्णय...

  • २०७८ बैशाख २१, मंगलबार

    राष्ट्रपतिबाट सातवटा अध्यादेश जारी

    काठमाडौं - मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सातवटा अध्यादेश जारी भएका छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीबाट एकै दिन सात अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा मंगलबार सात अध्यादेश जारी भएका हुन्। यौन हिंसा...

  • २०७८ बैशाख २१, मंगलबार

    अष्ट्रेलियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाइयो

    काठमाडौं - सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।

Pages