राजनीति
-
२०७८ बैशाख २९, बुधबार
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । विपक्षी गठबन्धले बहुमत पुर्याउन नसकेपछि प्रदेशसभाको ठूलो दलको हैसियतमा पृथ्वीसुब्बालाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी हुन् । गठबन्धनले नेपालको संविधानको धारा १६८ को २ अनुसार बहुमत पुर्याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को ३ अनुसार संसदको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।...
-
२०७८ बैशाख २९, बुधबार
राष्ट्रपतिबाट नर्सको उच्च प्रशंसा
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरूद्धको लडाइँमा अग्र भागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् । अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत शुभकामना दिँदै नर्सको उच्च प्रशंसा गरेकी हुन् । 'विश्वव्यापी महामारी कोभिड– १९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका...
-
२०७८ बैशाख २८, मंगलबार
जसपा वैकल्पिक सरकार गठनमा सामेल नहुने
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको बताएका छन्। सोमबार राति एक विज्ञप्ति जारी गर्दै उनले ओली सरकारले जसपाका माग पूरा गरिरहेकाले वैकल्पिक सरकार गठनमा सामेल नहुने धारणा राखेका हुन्। ठाकुरले मधेशको मुद्दाको सवालमा नेपाल सरकार सहमतिअनुसार अगाडि बढिरहेको दाबी गरेका छन्। विज्ञप्तिमा भनिएको छ,‘विगत र हप्तादेखि मधेशी,...
-
२०७८ बैशाख २७, सोमबार
बहुमत सरकार गठनका लागि राष्ट्रपतिको आह्वान
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् । ‘संसद सचिवालयले...
-
२०७८ बैशाख २७, सोमबार
विश्वासकाे मत नपाएपछि ओली पदमुक्त
प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा भएको विश्वासको मत लिने प्रस्तावको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन् । प्रधानमन्त्रीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित २३२ मध्ये ९३ मत पर्यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा १२४ मत पर्दा मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ । संसदमा ठूलो दलको...
-
२०७८ बैशाख २७, सोमबार
प्रधानमन्त्री ओलीले मागे सरकारका पक्षमा विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित र जनजीवीकाको सवालमा रहेको प्रष्ट पारेका छन्। वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको ओलीले दाबी गरेका छन्। उनले राजनीतिक कारणले ममाथि विश्वासको मत छ भन्ने ठानेकोले सदनमा उभिएको बताए। ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा...
-
२०७८ बैशाख २७, सोमबार
विश्वासको मत दिने बैठकमा नेपाल–खनाल पक्ष अनुपस्थित हुने
काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउँसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपाल पक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय...
-
२०७८ बैशाख २७, सोमबार
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने
प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन् । आजै प्रधानन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिन अघि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । 'प्रधानमन्त्रीले आफ्नो सम्बोधनसहित विश्वासको मतको लागि प्रस्ताव गर्नु हुन्छ, त्यसपछि मतदान प्रकिया आरम्भ हुनेछ,' संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले भने । मतदानमा कोरोना...
-
२०७८ बैशाख २६, आइतबार
जसपाका सांसदलाई ह्वीप नलाग्ने
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको जनाइएकाे छ। अब सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका संसद तटस्थ बस्नुपर्ने पक्षमा छन् भने यादव पक्ष विपक्षमा मत...
-
२०७८ बैशाख २६, आइतबार
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् । उनले सोमबार प्रतिनिधिसभा बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मत दिन पनि आग्रह गरेका छन् ।
-
२०७८ बैशाख २६, आइतबार
गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले आइतबार अपरान्ह प्रदेश प्रमुख सीता पौडेललाई राजीनामा बुझाएका हुन् । नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम राजीनामा दिएको विज्ञप्तिमा जनाइएको छ ।
-
२०७८ बैशाख २६, आइतबार
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता
नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले रातोपाटीलाई बताए । हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै...


