STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ फाल्गुण २२, शनिबार

    ओली समूहको बैठकमा ११५ सांसद उपस्थित भएको दाबी

    काठमाडाैं – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएको दाबी गरिएको छन् । बैठकमा ११५ जनाभन्दा बढी सांसद उपस्थित भएको दाबी गरिएको हो । बैठकमा ११५ सांसद उपस्थित भएको राष्ट्रियसभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले दाबी गरे । उनका अनुसार बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएका थिए । उनले भोलि अरू सांसद थपिने...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    पुष्पकमल दाहाल संसदीय दलको नेता चयन

    काठमाडौँ - नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    एकै मञ्चमा प्रधानमन्त्री र विप्लव : तीन बुँदे सहमति : सहमतिमा आशङ्का नगर्न विप्लवको आग्रह

    काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गरे । उनले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गरेका छन् । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    म्यानमार सैन्य सरकारको विराेधमा दूतावासअगाडि विरोध प्रदर्शन

    काठमाडौं - म्यानमारमा सैन्य सरकारले गरेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले म्यानमारमा नरसंहार बन्द गर, म्यानमारमा लोकतन्त्र पुनर्बहाली गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरू त्यहाँका जनताको पक्षमा...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    काठमाडौँ आइपुगे विप्लव, धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

    काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं पुगेका छन् । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकसाथ एउटै मञ्चबाट सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    म्यानमार दुतावाससामु नागरिक आन्दोलनले प्रदर्शन गर्ने

    काठमाडौं - बृहत् नागरिक आन्दोलनले म्यानमार दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे म्यानमार दूतावासअगाडि प्रदर्शन गर्ने जनाइएको छ । बृहत् नागरिक आन्दोलनका अनुसार म्यानमारमा लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध दूतावासअगाडि प्रदर्शन गर्न लागिएको हो । म्यानमारमा १ फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । त्यसयता भएका प्रदर्शनका क्रममा कम्तीमा ५४ जनाको मृत्यु...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    प्रधानमन्त्री र विपल्वले आज एउटै मञ्चबाट सम्बाेधन गर्ने

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ’विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् । आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताए । दुई वर्षदेखि भूमिगत...

  • २०७७ फाल्गुण २०, बिहिबार

    विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा, नेता कार्यकर्तालाई छोड्न सर्कुलर

    काठमाडाैं – सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । यसका साथै 'विप्लव' समूहका नेता कार्यकर्तालाई छोड्न सर्कुलर जारी गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । बिहीबार बिहान विप्लव समूहसँग सरकारले वार्ता गरी तीनबुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई पनि...

  • २०७७ फाल्गुण २०, बिहिबार

    मलाई पस्न नदिए पनि पानी चाहिँ नरोक्नु : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् । बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, ‘म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छ, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला ।’ विगतमा केपी ओली मधेस...

  • २०७७ फाल्गुण १९, बुधबार

    सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सक्यो

    काठमाडौं – सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् । यसबारे विस्तृत विवरण आइसकेको छैन । वार्तामा सरकारी...

  • २०७७ फाल्गुण १९, बुधबार

    प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ । यसअघि गएको ७ गते पनि प्रचण्ड–नेपाल समूहले नागरिकता र पार्टीको परिचयपत्र बोकेर पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो । आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड–नेपाल...

  • २०७७ फाल्गुण १८, मंगलबार

    विप्लवसँग वार्ता गर्न सरकारद्वारा टोली गठन, विप्लव समूह पनि वार्ताको तयारीमा

    काठमाडौँ – सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका...

Pages