राजनीति
-
२०७७ फाल्गुण १७, सोमबार
दाहसंस्कारका लागि निःशुल्क दाउरा दिइने : वन मन्त्री
काठमाडौँ – वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निशुल्क दाउरा...
-
२०७७ फाल्गुण १७, सोमबार
ममाथि शारीरिक हमला हुनसक्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताएका छन् । पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा काम गरेको तर केहि देशी विदेशी पक्षले प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहमा पुग्न सक्ने बताए । ‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने । तर त्यस्तो हुन नदिइने र...
-
२०७७ फाल्गुण १७, सोमबार
फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो। संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ।
-
२०७७ फाल्गुण १७, सोमबार
कांग्रेस र जसपासँग मिलेर प्रचण्ड-माधव समूहले ओलीविरूद्धको अविश्वास प्रस्ताव लैजाने !
काठमाडौँ – नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ मा संसद सचिवालयमा लगेको अविश्वास प्रस्तावलाई अगाडि नबढाउने र बदलिँदो परिस्थितिअनुसार दलहरूसँग छलफलपछि अविश्वास प्रस्ताव...
-
२०७७ फाल्गुण १६, आइतबार
कोमल वलीबारेको टिप्पणीले रघुजी पन्त विवादमा
काठमाडौं – गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन । तर त्यसले उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त...
-
२०७७ फाल्गुण १६, आइतबार
अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्रीको चुनौती
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाको प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै...
-
२०७७ फाल्गुण १६, आइतबार
विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी
काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् । विध्वंसात्मक गतिविधिमा संलग्न भएको...
-
२०७७ फाल्गुण १५, शनिबार
बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु एउटै : माधव नेपाल
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताएका छन् । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर...
-
२०७७ फाल्गुण १५, शनिबार
नेकपा विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ : प्रवक्ता श्रेष्ठ
काठमाडौँ – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ...
-
२०७७ फाल्गुण १५, शनिबार
फागुन २३ गते संसद् बैठक बाेलाउन सिफारिस
काठमाडौं – सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्काे बैठकले फागुन २३ गते संसद् बैठक बोलाउनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।
-
२०७७ फाल्गुण १४, शुक्रबार
ओली भेट्न गाैतम बालुवाटारतिर
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले जानकारी दियो। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्। यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै...
-
२०७७ फाल्गुण १४, शुक्रबार
देव गुरुङलाई ओली समुहले प्रमुख सचेतकबाट हटायो
काठमाडौँ - नेकपाको ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाई नियुक्त गरेको छ । प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नो समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।...


