राजनीति
-
२०७७ फाल्गुण १४, शुक्रबार
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए। सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको थियो। आजको बैठकले संसद अधिवेशन...
-
२०७७ फाल्गुण १४, शुक्रबार
नेकपा विवाद टुंगिएपछि सरकारबारे निर्णय : कांग्रेस
काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले साे निर्णय गरेकाे हाे । संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गर्न बसेकाे बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट...
-
२०७७ फाल्गुण १३, बिहिबार
सत्ता साझेदारीबारे प्रचण्ड–नेपाल र जसपाबीच छलफल
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच पनि छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड–नेपालका...
-
२०७७ फाल्गुण १३, बिहिबार
आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न प्रचण्ड-माधव समूहकाे निर्देशन
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन्।...
-
२०७७ फाल्गुण १२, बुधबार
ओलीले अब राजीनामा दिएको राम्रो : देउवा
काठमाडाैँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा राम्रो हुने बताएका छन् । बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । तर ओलीको...
-
२०७७ फाल्गुण १२, बुधबार
प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवितै : देव गुरुङ
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएका छन् । बुधबार नेकपा प्रचण्ड–माधव समूहको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताएका हुन् । संसद शुरु भएपछि दलहरुकाबीचमा...
-
२०७७ फाल्गुण १२, बुधबार
राजीनामा नदिए ओलीलाई गलहत्याएर निकालिन्छ: पम्फा भुसाल
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकी छन् । नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानविय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन् । सर्वोच्च अदालतले निर्णय गर्ने...
-
२०७७ फाल्गुण १२, बुधबार
हामी नेपालसँग सुदृढ सम्बन्ध चाहन्छौँ : अमेरिकी राष्ट्रपति बाइडन
काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् । बुधबार अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पठाएको ओहदाको प्रमाणपत्र बुझेपछि वाइडनले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका हुन् । ओहोदाको प्रमाणपत्र बुझेपछि बाइडनले दिएको जवाफबारे अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘...
-
२०७७ फाल्गुण १२, बुधबार
तोकिएकै समयमा संसद् बोलाउने ओली समूहकाे निर्णय
नेकपाको केपी शर्मा ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ । समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गरेर पुनर्स्थापित गर्दै फैसला...
-
२०७७ फाल्गुण १२, बुधबार
डा. केसीको अनसन स्थगित
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमकाविरुद्ध डा. केसीले आजदेखि अनसन बस्ने घोषणा गरेका थिए ।\ तर, सर्वोच्चले प्रतिनिधिसभा विघटनकाे सरकारी निर्णय सदर गरेसँगै डा. केसीले अनसन स्थगित गरेका हुन् । ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज पारिदिएकाले आजदेखि सुरु गर्ने भनेको सत्याग्रह...
-
२०७७ फाल्गुण १२, बुधबार
देउवालाई मिलेर जाने दाहाल र नेपालको प्रस्ताव
काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे चरणको वार्तामा बस्न सहमत भएका...


