राजनीति
-
२०७७ फाल्गुण १२, बुधबार
विवेकशील साझाले माग्यो राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा
काठमाडाैं – विवेकशील साझा पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ । सो पार्टीले विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा कुनै अवाञ्छित चलखेल नगरी नयाँ सरकार निर्माणको मार्ग प्रशस्त्र गर्न माग गरेको छ । ‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ,’ सो पार्टीको विज्ञप्तिमा भनिएको...
-
२०७७ फाल्गुण १२, बुधबार
प्रतिनिधिसभा पुनर्स्थापनाबारे सर्वोच्च अदालतले देखाएका पाँच कारण
काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने भनी...
-
२०७७ फाल्गुण १२, बुधबार
आज प्रचण्ड-माधव समूहले देशैभर खुसियाली सभा गर्दै
काठमाडौं – सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले खुसियाली सभा गर्ने भएकाे छ । संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत साे समूहले संसद पुनर्स्थापना भएसँगै आज देशैभर खुसियाली मनाउन लागेको हो । संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । आज शान्तिवाटीकामा भेला भएर...
-
२०७७ फाल्गुण १२, बुधबार
प्रचण्ड-माधव र ओली समूहको छुट्टाछुट्टै बैठक बस्ने
काठमाडौं – सर्वाेच्च अदालतकाे संसद विघटन बदरकाे निर्णयसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव र ओली समूहले छुट्टाछुट्टै बैठक बाेलाएकाे छ । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन् । यसैगरी सर्वोच्च...
-
२०७७ फाल्गुण १२, बुधबार
मुलुकभरको सुरक्षा व्यवस्था उच्च
काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए...
-
२०७७ फाल्गुण ११, मंगलबार
सर्वाेच्चकाे आदेशपछि सडकमा देखिएकाे खुशियाली
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएपछि नेकपा प्रचण्ड–माधव समूह र विवेकशील साझा पार्टीका समर्थकहरुले सडकमा निस्किएर खुशियाली मनाएका छन् । उनीहरुले सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै अदालतलाई धन्यवाद समेत दिएका छन् । अदालतको निर्णयको स्वागतमा उनीहरुले दीप प्रज्ज्वलन समेत गरेका छन् । तस्बिरमा हेर्नुस् सडकमा देखिएको खुसियाली –
-
२०७७ फाल्गुण ११, मंगलबार
अलिकति लाज, घिन र नैतिकता भए ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड
काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् । ‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै...
-
२०७७ फाल्गुण ११, मंगलबार
सर्वोच्चकाे फैसला स्वागतयाेग्य : देउवा
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतकाे फैसला स्वागतयाेग्य भएकाे बताएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्चले गरेको फैसलाको सम्मान गर्दै देउवाले ऐतिहासिक र स्वागतयाेग्य भनेका हुन् । ओली नेतृत्वको नेकपाको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय...
-
२०७७ फाल्गुण ११, मंगलबार
प्रतिनिधिसभा पुनःस्थापना : सर्वोच्चले विघटन निर्णय गर्याे बदर
काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ। यससँगै प्रतिनिधिसभा पुनःस्थापित हुने भएको छ। सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले...
-
२०७७ फाल्गुण ११, मंगलबार
सुरक्षा परिषद् बैठकमा विप्लवमाथिकाे प्रतिबन्ध फुकुवाबारे छलफल
नेत्रविक्रम चन्द विप्लव समूहको नेकपामाथि दुई वर्षदेखि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले फैसला गरेपछिका संभावित सुरक्षा जोखिमबारे छलफल गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सकिएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको परिषद् वैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने उपस्थित थिएनन् । परिषद् वैठक लगत्तै २ बजे प्रधानमन्त्रीले...
-
२०७७ फाल्गुण ११, मंगलबार
अदालतको गेटबाटै पुनः पक्राउ परे धर्मेन्द्र बास्तोला
काठमाडौं – सर्वोच्च अदालत नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । रिहा भएलगत्तै प्रहरीले उनलाई सर्वोच्चको गेटबाटै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी...
-
२०७७ फाल्गुण ११, मंगलबार
ओलीको बोली फेरियाे – संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेकै छैन
कञ्चनपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे बाेली फेरेर आफूले न्यायालयलाई नधम्काएको दाबी गरेका छन्। सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू अदालत र न्यायालयप्रति विश्वास गर्ने बताएका हुन्। गत शनिबार विराटनगरमा भएको आमसभामा ओलीले ‘संसद् पुनस्र्थापना गर्ने फैसला भएमा आन्दोलन हुन्छ’ भनेका थिए । ‘स्वतन्त्र न्यायालय र शक्ति...


