STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ फाल्गुण ७, शुक्रबार

    प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको सजाय मिनाहा

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    कांग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने

    काठमाडौं – नेपाली कांग्रेसको पार्टीको आगामी १४ औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। त्यसैगरी कांग्रेसले गाउँ-नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ-नगरपालिका...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    आज ७१ औँ प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह

    काठमाडौं – एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्रको उज्यालो किरण छाएको दिन फागुन ७ गतेको स्मरणमा आज देशभर हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस मनाईंदैछ । जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय...

  • २०७७ फाल्गुण ६, बिहिबार

    टुँडिखेलमा मानव साङ्लो

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा आज राजधानीमा मानव साङ्लोसहित प्रदर्शन गरेको छ ।     असंवैधानिक कदम, बढ्दो महँगी र भ्रष्टाचारको विरोधमा नेकपाका नेता कार्यकर्ताले मावन साङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए । मानव साङ्लोमा सहभागीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै जनजीविका विषय सम्बोध गर्न माग गरेका थिए ।     उनीहरुले...

  • २०७७ फाल्गुण ६, बिहिबार

    आज मानव साङ्लोबाट टुँडिखेल घेरिँदै

    काठमाडौं – प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध  चौथो चरणको आन्दोन जारी राखेको नेकपा प्रचण्ड–माधव पक्षले आज बिहीबार काठमाडौँमा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न चार बजेदेखि ५ बजे एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए ।  तुलाधरले मानव साङ्लोका लागि उपत्यकाका...

  • २०७७ फाल्गुण ६, बिहिबार

    इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

    काठमाडौँ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै बिहान ९ बजेपछि प्रदर्शनी मार्गमा रहेको रत्नराज्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका कारण केहीबेर गाडीको आवागमन प्रभावित भएको थियो । अहिले भने अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।...

  • २०७७ फाल्गुण ५, बुधबार

    भदौ ७ देखि १० गतेसम्म कांग्रेसको महाधिवेशन गर्न प्रस्ताव

    काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेसन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बुधबारबाट शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले...

  • २०७७ फाल्गुण ४, मंगलबार

    कता पुग्याे वागमती प्रदेश मुख्यमन्त्रीविरूद्धकाे अविश्वासको प्रस्ताव

    काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिना पुग्न लाग्यो । तर, प्रदेशसभाभित्र औपचारिक रुपमा छलफलका लागि प्रवेश पाएको छैन ।  सभामुख सानुकुमार श्रेष्ठ र मुख्यमन्त्री पौडेलसहितको टोली जति सकिन्छ, संसद् बैठक टार्ने प्रयत्नमा देखिएका छन् । जसले गर्दा पौडेलको सरकार लम्बिन सकोस् ।  ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको ५ दिनपछि...

  • २०७७ फाल्गुण ४, मंगलबार

    आजबाट एमिकस क्युरीको बहस हुने

    काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस साेमबार सकिएको छ । आज मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ । उहाँले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार...

  • २०७७ फाल्गुण ३, सोमबार

    संसद् विघटनविरुद्ध त्रिविमा विद्यार्थीहरूकाे मार्च पास

    काठमाडाैं – संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले मार्च पास गरेका छन् । बृहत् नागरिक आन्दोलनअन्तर्गत आज दिउँसाे विद्यार्थीहरूले त्रिविमा मार्चपास गरेका हुन् । त्यसक्रममा विद्यार्थीहरूले प्रतिगमन परास्त नभएसम्म आन्दोलन जारी राख्ने भन्दै नाराबाजी गरे । विराेधकै क्रममा नाटकसमेत प्रस्तुत गरिएकाे थियाे । त्यसअघि प्रहरीले नाटक देखाउन...

  • २०७७ फाल्गुण ३, सोमबार

    ओली राजा महाराजाले झैं पञ्चर्‌याली गर्दै हिँडे : प्रचण्ड

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्‌याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्च¥याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने,...

Pages