STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ माघ १८, आइतबार

    'राजा रजौटासँगको साँठगाँठमा संसद् विघटन'

    काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग...

  • २०७७ माघ १८, आइतबार

    दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

    काठमाडौँ – नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक सोमबार ११ बजे बस्ने भएकाे छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत: त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो...

  • २०७७ माघ १८, आइतबार

    कांग्रेस भ्रातृ स‌ंगठनले सोमबार देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौँ – नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले प्रतिनिधिसभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन्। १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै सोमबार एकसाथ प्रदर्शन गरिने नेपाली कांग्रेसले जनाएको छ । नेपाल महिला...

  • २०७७ माघ १७, शनिबार

    तीन दिनमै फेरियो प्रधानमन्त्रीको बोली: जनताले १ वर्षभित्र खाेप पाउने

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । चितवनमा शनिबार आयोजित आमसभामा उनले कोभिड- १९को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् । उनले भने, ‘७७ वटै जिल्लामा खोप अभियान लगातार अगाडि बढेको छ । हिजो बेलुकासम्मा ४८ हजार भन्दा बढीले खोप लगाइसकेका छन्...

  • २०७७ माघ १६, शुक्रबार

    कोरोनाविरुद्धको खोप लगाएकालाई नेपाल आउन दिने सरकारको तयारी

    सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुलाई निर्वाध रुपमा नेपाल आउने दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप लगाएकालाई नेपाल निर्वाध रुपमा आउने दिने तयारी सरकारले गरिरहेको बताएका हुन् ।  शुक्रबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै पर्यटनमन्त्री ढकालले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई निर्वाध रुपमा नेपाल आउन स्वीकृति...

  • २०७७ माघ १६, शुक्रबार

    निर्वाचन आयोगले नेकपाकाे आधिकारिकता टुङ्गो लगाइसक्याे : सुवासचन्द्र नेम्वाङ

    काठमाडौं – नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् । शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् । ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो...

  • २०७७ माघ १६, शुक्रबार

    ओली श्री ३ महाराजधिराज : दाहाल

    रूपन्देही – नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको आरोप लगाएका छन् । बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित विरोध सभामा बोल्दै दाहालले ओलीले जनताका सपनामाथि कुठाराघात गरेको बताए । उनले भने, ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना...

  • २०७७ माघ १६, शुक्रबार

    अदालत आएर जवाफ दिन प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई सर्वोच्चको आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै दर्ता भएको मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको...

  • २०७७ माघ १४, बुधबार

    प्रचण्ड–माधव समूहको माइतीघरमा धर्ना

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् । नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा...

  • २०७७ माघ १४, बुधबार

    तीन महिनामा सबै नेपालीलाई खोप : प्रधानमन्त्री

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताएका छन् । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उनले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताएका हुन् । कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उनको भनाइ रहेको छ । यस्तै उनले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको...

  • २०७७ माघ १३, मंगलबार

    चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा

    काठमाडौं – सर्वोच्च अदालतमा चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति सार्वजनिक गर्ने चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता राजाराम घिमिरेले अवहेलना सम्बन्धी रिट दायर गरेका हुन् ।  प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा...

  • २०७७ माघ १३, मंगलबार

    कांग्रेसले गर्याे आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

    काठमाडौँ – कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गतचे भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीका अनुसार ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुनेछ । उनले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली...

Pages