राजनीति
-
२०७७ माघ १३, मंगलबार
बल प्रयोग भएकोमा प्रचण्ड-नेपाल समूहको निन्दा
काठमाडौं – शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विरोध गरेको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सोमबार नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो। पानीको फोहराका कारण...
-
२०७७ माघ ११, आइतबार
सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नु भएको छ । विसं १९९२ जेठ १३ गते...
-
२०७७ माघ ११, आइतबार
सङ्घर्षका कार्यक्रम थप प्रभावकारी बनाउने नेकपाको निर्णयः कार्यालय सचिवमा तुलाधर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले संविधान विपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै राजनीतिक दल, नागरिक समाजलगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका...
-
२०७७ माघ ११, आइतबार
पूर्वमाओवादी लडाकु र पूर्वएमालेका नेता ओली नेतृत्वमा आउने जिकिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गर्नुभयो । एक...
-
२०७७ माघ ९, शुक्रबार
प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याइने चेतावनी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिनुभयो । अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो...
-
२०७७ माघ ८, बिहिबार
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको पाँचौँ दिनको सुनुवाइ जारी छ । सुनुवाइ हुँदाहँुदै समय अभावका कारण हेर्दाहेर्दै शुक्रबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको पाँचौँ दिन आज तीन रिट...
-
२०७७ माघ ७, बुधबार
देशैभरिका वडाहरुमा भोलि कांग्रेसको विरोध प्रदर्शन
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् । सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् । कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ । संसद विघटनको कदमलाई असंवैधानिक र...
-
२०७७ माघ ७, बुधबार
प्रदेश १ हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित
काठमाडाैं – प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक बसेको केही मिनेटमै अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका...
-
२०७७ माघ ७, बुधबार
ओली कामचलाउ मात्र : माधव नेपाल
काठमाडाैँ - नेकपाका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताएका छन् । आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताए । अध्यक्ष नेपालले आफु प्रचण्डको कार्यकर्ता...
-
२०७७ माघ ६, मंगलबार
संवैधानिक इजलासमा आजको बहस सुरू
काठमाडौँ – प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ । आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्। यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए। एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए।
-
२०७७ माघ ५, सोमबार
संवैधानिक इजलासमा मंगलबार पुनः सुनुवाइ
काठमाडाैं – प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सकिएको छ । याे मुद्दामा मंगलबार पुनः सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ। साेमबार पनि निवेदकतर्फका कानुन व्यवसायीले बहस गरे । रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता डा. दीनमणि...
-
२०७७ माघ ५, सोमबार
सडकमा उत्रिन प्रचण्ड-माधवकाे अपिल
काठमाडाैं – संविधानको रक्षाका लागि सडकमा उत्रिन नेकपाकाे प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले अपिल गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको कदमले गणतन्त्र र संविधाननै धरापमा परेकाले त्यसलाई जोगाउन सडक संघर्ष जरुरी रहेको उनीहरूको भनाइ छ । ‘तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा...


