STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ माघ २८, बुधबार

    प्रचण्ड–माधव समूहको जनसभा : कसले के के भने ?

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षले आज बुधबार काठमाडौंमा आयोजना गरेको विरोधसभा टुंगिएको छ । सो जनसभामा पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्। विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताएका छन्। उनले भने, ‘केपीजी देख्नुभयो...

  • २०७७ माघ २८, बुधबार

    चक्रपथभित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    काठमाडौँ – नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको आजको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ । पुतली सडक, पद्मोदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । यी चोकहरुमा मुख्य गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।...

  • २०७७ माघ २८, बुधबार

    प्रचण्ड नेपाल समुहको शक्ति प्रदर्शन शुरु, विरोधसभामा १५ जना वक्ता

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूह आज काठमाडौंमा गर्न लागेको जनसभाका लागि विभिन्न ठाउँहरुबाट जुलुसहरु निस्किन थालेका छन् । काठमाडौंका विभिन्न ठाउँहरुबाट जुलुस निकाली अन्ततः भृकुटीमण्डपमा जनसभा हुनेछ । यसैक्रममा पूर्वमन्त्री समेत रहेका प्रचण्ड नेपाल समूहका नेताहरु वर्षमान पुन अनन्त र सुरेन्द्र पाण्डेले त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व गरिरहेका छन् । यसैगरी प्रचण्ड...

  • २०७७ माघ २८, बुधबार

    आज प्रचण्ड–माधव समूहको जनप्रदर्शन, पाँच स्थानबाट जुलुस निकालिने

    नेकपा प्रचण्ड–माधव समूहले बुधबार (आज) काठमाडौंमा जनप्रदर्शनको आयोजना गरेको छ । आजको जनप्रदर्शनका क्रममा सो समूहले पाँच स्थानबाट जुलुस निस्कने जनाएको छ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, जमलबाट बिहान ११ बजे जुलुस निस्कने छ । ती जुलुसहरु सुन्धारामा पुग्नेछन् । सुन्धाराबाट भने १२ बजे जुलुस निस्कने जनाइएको छ । सुन्धाराबाट सुरु भएको जुलुसले वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय...

  • २०७७ माघ २७, मंगलबार

    'ओली नेतृत्वको पार्टी नै आधिकारीक'

    काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नै आधिकारीक भएको दाबी गरेका छन् । प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसके पछि निर्वाचन अयोगको कानून, नीति, नियमलाई नबुझिकन दाबी गरेको उनको भनाई छ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई मात्रै...

  • २०७७ माघ २७, मंगलबार

    मन्त्रिपरिषद् निर्णय : वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन

    काठमाडौं – सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको हो । आज निर्वाचन आयोगमा गएर प्रधानमन्त्री ओलीले यिनै विषय जानकारी गराउँदै निर्वाचन तयारीबारे छलफल गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । वैशाख १७ गते प्रदेश २, गण्डकी,...

  • २०७७ माघ २७, मंगलबार

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए । प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशकका शाक्यलाई यसअघि कात्ति २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । प्राधिकरणअन्तर्गतको...

  • २०७७ माघ २७, मंगलबार

    बुधबार प्रचण्ड–माधव समूहको काठमाडौंमा वृहत् जनप्रदर्शन

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले भोलि बुधबार राजधानीमा वृहत् जनप्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायत...

  • २०७७ माघ २७, मंगलबार

    प्रधानमन्त्री आज निर्वाचन आयोग जाँदै

    प्रधानमन्त्री केपी ओली आज (मंगलबार) निर्वाचन आयोग जाने भएका छन् । नेकपाको आधिकारिकता विवाद तथा सरकारले घोषणा गरेको निर्वाचनका सम्बन्धमा छलफलका लागि ओली आयोग जान लागेका हुन् । ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरिदिएपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । राजनीतिक र व्यवहारिक रुपमा विभाजित भए पनि नेकपा कानूनी रुपमा भने अझै विभाजित भइसकेको छैन । नेकपाको आधिकारिकता कुन समूह (ओली या प्रचण्ड–माधव) ले...

  • २०७७ माघ २७, मंगलबार

    ओली इतिहासकै कलंकित नेता : प्रचण्ड

    काठमाडौँ  – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र गणतन्त्रको पक्षमा एकजुट हुन पनि...

  • २०७७ माघ २७, मंगलबार

    फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

    काठमाडौँ – ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ । प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा आज बसेको बैठकले दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार...

  • २०७७ माघ २६, सोमबार

    आमसभामा ३५ हजार पनि सहभागी भएनन्, ओली रक्षात्मक अवस्थामा : प्रचण्ड

    काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् । आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समूह समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन्...

Pages