राजनीति
-
२०७७ माघ २, शुक्रबार
ज्ञवाली र एस जयशंकरबीच भेटवार्ता
काठमाडाैं – तीनदिने भ्रमणका लागि भारत गएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता सुरु भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय...
-
२०७७ माघ १, बिहिबार
परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली पुगे
काठमाडाैं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशंकरसँग...
-
२०७७ माघ १, बिहिबार
प्रचण्ड-माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षको स्थायी समितिको बैठक बसेकाे छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय पेरिस डाँडामा आजबाट सुरु भएको बैठकमा काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ । बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन ब्यबस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको...
-
२०७७ माघ १, बिहिबार
विप्लव समूहका संघर्षका कार्यक्रम, माघ १० गते नेपाल बन्द घोषणा
काठमाडौं – विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेकाे हाे । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ । विप्लव...
-
२०७७ पौष २९, बुधबार
बहस नसकिएपछि विघटनकाे मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो। बुधबार बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिकमा भन्नेबारे बहस भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराए । बुधबार भएको सुनुवाइमा सरकारका कानुनी...
-
२०७७ पौष २९, बुधबार
संवैधानिक इजलासमा सपना प्रधान मल्ल थपिइन्
काठमाडौँ – प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले बुधबार संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । इजलासमा न्यायाधीश मल्ल नयाँ थपिएकी हुन् । बाँकी सबै यसअघिको इजलासमा पनि थिए । मल्ल...
-
२०७७ पौष २९, बुधबार
खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा लिएर परराष्ट्रमन्त्री भारत जाँदै
काठमाडौँ – आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ । नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पुर्याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको...
-
२०७७ पौष २९, बुधबार
विघटनसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिनुभएको थियो । सो विवाद कहाँ सुनुवाइ हुने भन्ने आज...
-
२०७७ पौष २८, मंगलबार
ओलीले अदालतसँग ‘सेटिङ’ मिलाए : नारायणकाजी श्रेष्ठ
पोखरा – नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी ओलीले ‘सेटिङ’ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्। उनले ‘प्रधानमन्त्रीले सबै सेटिङ मिलाएका छन्, हाम्रो पक्षमा फैसला आउँछ’ भनेर भ्रम...
-
२०७७ पौष २८, मंगलबार
नेकपाको आधिकारिकता र भविष्य
काठमाडाैँ – प्रतिनिधि सभाको विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई कित्तामा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा प्रतिनिधि सभा विघटनको पक्षमा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागेको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको नेतृत्वमा प्रतिनिधि सभा विघटनको विपक्षमा सडक संघर्षमा छ । प्रचण्ड–माधव पक्षले सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि नै आशंका गरिरहेका छन् भने...
-
२०७७ पौष २८, मंगलबार
उपप्रधानमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो
काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीनजना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ । सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् । ‘संसद्...
-
२०७७ पौष २८, मंगलबार
बिजुली प्रवाह व्यवस्थित बनाउन प्रम कार्यालयकाे निर्देशन
काठमाडौँ – उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो । प्राविधिक वा मनोवैज्ञानिक...


