राजनीति
-
२०७७ माघ २१, बुधबार
अदालतको अवहेलना सम्बन्धमा प्रचण्डलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौँ – सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार अदालतको अवहेलना निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि...
-
२०७७ माघ २१, बुधबार
बिहीबार प्रचण्ड–माधव समूहको देशव्यापी आमहड्ताल
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंबैधानिक र गैरकानूनी रुपमा संबैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा विहिबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा बुधबार पत्रकार सम्मेलन गरि प्रचण्ड–माधव समूहले सरकारको असंबैधानिक कदम विरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि...
-
२०७७ माघ २०, मंगलबार
संसद् पुनर्स्थापना डा. केसी सत्याग्रह बस्ने
काठमाडौँ – डा गोविन्द केसीले तीन सातामा आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । डा केसीले मंगलबार विज्ञप्ति जारी गर्दै देशमा संवैधानिक संकट भएको र एक व्यक्तिले सिंगो राज्य कब्जा गर्ने प्रपञ्च चलिरहेको भन्दै त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएका हुन् । शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको पनि उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘आगामी...
-
२०७७ माघ २०, मंगलबार
विघटन बाध्यता भए पनि संविधानसम्मत : महान्यायाधिवक्ता अग्निप्रसाद खरेल
काठमाडौँ – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए पनि संविधानसम्मत भएको तर्क राखेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखे । महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदा हुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले...
-
२०७७ माघ २०, मंगलबार
प्रचण्ड–माधव समूहले निर्वाचन आयाेगमा वैधानिकता दाबी बुझायाे
काठमाडाैं – नेकपाका प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेस गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित आयोग पुगेको नेकपाको सो समूहले औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो । निर्वाचन आयोगलाई पत्र बुझाउँदै प्रचण्ड–माधव समूहका लीलामणि पोखरेलले राजनीतिक दलसम्बन्धीको दफा ४४ लाई आधार मानेर आफूहरूले पार्टीको आधिकारिकताकाे दाबी गरेको बताए ।...
-
२०७७ माघ २०, मंगलबार
सुकीलाई तत्काल रिहा गर : नेपाल सरकार
काठमाडौँ – नेपाल सरकारले म्यान्मारमा लोकतान्त्रिक र संवैधानिक प्रक्रिया चाँडै पुनर्स्थापना हुने विश्वास व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ । सरकारले म्यानमारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने...
-
२०७७ माघ २०, मंगलबार
सेनाका बख्तरबन्द गाडी काठमाडाैंका सडकमा
काठमाडौँ – नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति काठमाडौंको चक्रपथमा चक्कर लगाएका छन् । नियमित अभ्यास योजनाअनुसार सेनाले राति दस बजेपछि बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाएको हो । नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर निर्देशनालयले आइतबार सार्वजनिक सूचना जारी गरेको थियो ।जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन ।...
-
२०७७ माघ २०, मंगलबार
सूर्य चिन्ह फ्रिज गराउने षडयन्त्र हुँदैछ : माधव नेपाल
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताएका छन् । सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भइरहेको बताएका हुन् । निर्वाचन आयोगले पत्र पठाएर...
-
२०७७ माघ २०, मंगलबार
प्रचण्ड–नेपाल पक्षाले ओलीलाई साधारण सदस्यबाट हटायो
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंको बबरमहल स्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको...
-
२०७७ माघ १९, सोमबार
चुनाव एकदिन पनि पर सर्दैन : प्रधानमन्त्री
धनुषा – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् । धनुषाको ढल्केवरमा निर्माण भएको मुलुककै सबैभन्दा ठुलो तथा अत्याधुनिक विद्युत् प्रसारण लाइनको आज उद्घाटन गर्दै उनले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे । ओलीले भने, ‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ । चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव...
-
२०७७ माघ १९, सोमबार
‘विशेष कारण’ले आज बाेलाइएकाे वाग्मती प्रदेशसभाको बैठक स्थगित
हेटौंडा – सोमबार दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको...
-
२०७७ माघ १८, आइतबार
'राजा रजौटासँगको साँठगाँठमा संसद् विघटन'
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग...


