राजनीति
-
२०७७ माघ २६, सोमबार
संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने
काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने बताए । अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ । संसद विघटन मुद्दामा केही दिनयता प्रधानमन्त्रीको निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।
-
२०७७ माघ २५, आइतबार
ओली भगवान् रामलाई नागरिकता दिन लागिपरे : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लागिपरेको बताएका छन्। नेपालभित्र रहेका नागरिकहरू नागरिकता पाउनबाट बञ्चित भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । वीरगञ्जमा आइतबार आयोजित कांग्रेसको आमसभामा बोलेका थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भगवान् रामलाई नागरिकता दिन लाग्नु भएको छ। भगवान् रामलाई नागरिकता आवश्यकता छैन।...
-
२०७७ माघ २३, शुक्रबार
असंवैधानिक कदमविरुद्धआन्दोलन गर्न सबै दललाई कांग्रेसकाे अपिल
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि सबै दललाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका लागि सबैलाई आग्रह गरेका हुन् । उनले नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको बताउँदै भनेका छन्, ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदम र...
-
२०७७ माघ २३, शुक्रबार
प्रचण्ड–माधव समूह अदालत र निर्वाचन आयोगलाई धम्क्याउँदैछ : ईश्वर पोखरेल
काठमाडाैं – नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अदालत र निर्वाचन आयोगलाई धम्क्याउँदै प्रचण्ड–माधव समूहले असंवैधानिक काम गरेको बताएका छन् । सर्वोच्च अदालतलाई प्रतिनिधिसभा पुनर्स्थापनाको दबाब दिँदै र निर्वाचन आयोगलाई निर्वाचन नगर्न धम्की दिँदै उनीहरुले असंवैधानिक काम गरेको पोखरेलको भनाइ छ । ‘अदालतमा विचाराधीन मुद्दामा फैसलाको दाबी गर्दै र निर्वाचन आयोगलाइ निर्वाचन नगराउन धम्की दिँदै उनीहरुले...
-
२०७७ माघ २३, शुक्रबार
मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा राखिनेछ : रामबहादुर थापा
काठमाडाैं – नेकपाको ओली समूहका नेता रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा राखिने बताएका छन् । बादलले भने, ‘मांसाहारी आन्दोलले नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गरेकाहरूलाई संविधानले त्यसलाई अपराध घोषणा गरेको र त्यस्तालाई जवालाखेलको चिडियाखानामा राखिनेछ ।’ उनले अहिलेको असाधारण परिस्थिति निर्माण हुनुमा राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्थ गर्ने प्रयास भएको बताएका...
-
२०७७ माघ २३, शुक्रबार
बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश राष्ट्रपतिबाट जारी
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।
-
२०७७ माघ २३, शुक्रबार
जनसभामा ओलीले के के भने ?
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाएका छन् । शुक्रबार बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताएका हुन् । उनले प्रचण्ड–माधव समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए ।...
-
२०७७ माघ २३, शुक्रबार
संवैधानिक आयोग नियुक्ति : कारण देखाऊ आदेश जारी
काठमाडौं – सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए ।...
-
२०७७ माघ २३, शुक्रबार
मयूरको नक्कली प्वाँख लगाएका काग बाहिरिए : शिक्षामन्त्री श्रेष्ठ
काठमाडाैं – नेकपा ओली समूहका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले नेकपाको प्रचण्ड–नेपाल समूहलाई मयूरको नक्कली प्वाँख लगाएका कागको संज्ञा दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै शिक्षामन्त्रीसमेत रहेका नेता श्रेष्ठले प्रचण्ड–नेपाल समूहलाई मयूरको प्वाँख लगाएका कागको संज्ञा दिएका हुन् । ‘मयूरको नक्कली प्वाँख लगाएका कागहरू आज बाहिर गएका छन् ,’ उनले भने, ‘ सक्कली नेकपा हामी हौँ ।...
-
२०७७ माघ २३, शुक्रबार
नरभक्षी आन्दोलनका दिन गए : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले ननभेज आन्दोलन भनेको के चिकन चिल्ली खान्छु भन्नुभएको हो, होइन उहाँले नरभक्षी आन्दोलन भन्नुभएको हो। प्रष्ट भए हुन्छ नेपालमा अब कसैले पनि नरभक्षी आन्दोलन गर्न सक्दैन।’ उनले सभामा उपस्थिति संख्याले आफ्नो समूहको...
-
२०७७ माघ २३, शुक्रबार
शीतल निवासनजिक नागरिक अगुवाहरूको मार्चपास
काठमाडौं – सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास गरेका छन् । बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप आज बिहानै शीतल निवास नजिक मार्च पास निकालेका हुन् । लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा...
-
२०७७ माघ २३, शुक्रबार
वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह
काठमाडाैँ - राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ । “कुनै पनि बहानामा नागरिकको...


