STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ जेठ २४, बिहिबार

    मधेसमा जनमतबाट मुख्यमन्त्रीको उमेदवार सतिशकुमार

    काठमाडौं - जनमत पार्टीले सांसद सतिशकुमार सिंहलाई मधेसको मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गरिएको छ । सिंहलाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय भएको प्रदेश सांसद वसन्तकुमार कुशवाहले जानकारी दिए ।  सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् । जनमतको मधेस प्रदेश संसदीय दलको नेता भने महेशप्रसाद यादव छन् ।  जनता समाजवादी पार्टीका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबार पदमुक्त भएका थिए ।...

  • २०८१ जेठ २०, आइतबार

    ट्राफिक नियम उल्लंघनकर्तालाई सडकमा उभ्याउने निणर्यमा सर्वोच्चको रोक

    काठमाडौं - सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा थप सजायका लागि खटाउने निर्णयको कार्यान्वयन रोकिदिएको छ ।  न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उल्लंघनकर्तालाई जरिवानाका अतिरिक्त ट्राफिक स्वयंसेवी बनाउने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।  गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसमा घोषणा गरी मन्त्रिस्तरीय...

  • २०८१ जेठ २०, आइतबार

    गृहमन्त्रीले सदनमा विषय ‘डाइभर्ट’ गरे, जिम्मेवारी प्रमले लिनुपर्छ : गगन थापा

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय ‘डाइभर्ट’ गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले  सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन समेत आग्रह गरेका छन्।  महामन्त्री थापाले विशेष समयमा बोल्दै...

  • २०८१ जेठ २०, आइतबार

    सहकारी ठगी प्रकरण : छानबिन समितिले आइतबारदेखि काम थाल्ने

    काठमाडौं- सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ। सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको छ। संसदीय समिति कालका लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताए। उनले...

  • २०८१ जेठ २०, आइतबार

    मेयर बालेनको व्यवहार असभ्य : ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरीवेक्षण...

  • २०८१ जेठ १५, मंगलबार

    सहकारी ठगी प्रकरण : सात सदस्यीय संसदीय समिति बन्यो

    दलीय सहमतिपछि सहकारीको बचत रकम हिनामिना सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दलबाट सह(महामन्त्री बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा एमालेबाट सूर्यबहादुर थापा र सरिता भुसाल, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र...

  • २०८१ जेठ १४, सोमबार

    ढल्यो गण्डकी सरकार, पाण्डेलाई नियुक्ति गर्न परमादेश

    काठमाडौं - गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। पूर्वमुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले सोमबार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले रिट जारी हुने आदेश गरेसँगै मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत पनि बदर भएको छ । ६० सदस्यीय...

  • २०८१ जेठ १४, सोमबार

    गृहमन्त्री लामिछानेको निलम्बन माग्दै सर्वोच्चमा रिट

    काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र...

  • २०८१ जेठ १३, आइतबार

    सहकारी ठगीविरुद्ध कांग्रेस आजदेखि सडकमा

    काठमाडौं- सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्दै छ।  संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको...

  • २०८१ जेठ १२, शनिबार

    गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउबारे कांग्रेसले माग्यो जवाफ

    काठमाडौं- बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ। बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए। लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए। आफूहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण...

  • २०८१ जेठ १०, बिहिबार

    सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन

    काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिए। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले...

  • २०८१ जेठ १०, बिहिबार

    सहकारी ठगी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन

    काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिए। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले...

Pages