STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० आषाढ ४, सोमबार

    प्रधानमन्त्री बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायत पनि टोलीमा हुनेछन् । टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । सडक...

  • २०८० आषाढ ४, सोमबार

    बालकोटमा ओली र रेशम चौधरीबिच भेटवार्ता

    काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बिचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत...

  • २०८० आषाढ ४, सोमबार

    समाजवादी मोर्चा घोषणा, हामीमा लागेका धुलो मैलो सफा हुन्छ : प्रचण्ड

      काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि मिसिएपछि मोर्चाको दूरगामी प्रभाव देखिएको ठोकुवा गरेका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक र दूरगामी महत्व बढेको बताउँदै संसदमा लागेकाहरुको धुलोमैलो सफा गर्ने मद्धत...

  • २०८० आषाढ ४, सोमबार

    समाजवादी मोर्चा किन ?

    – मनहरि तिमिल्सिना आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ । राष्ट्रिय राजनीतिका स्थापित दलहरूको भविष्यमाथि अनेकौँ बहस र नयाँ भनिएका दलहरूको...

  • २०८० आषाढ ३, आइतबार

    वामदेव गौतम एमालेमै फर्कने

    काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए। भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग...

  • २०८० आषाढ ३, आइतबार

    सोमबार समाजवादी मोर्चा घोषणा हुने

    संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा९माओवादी केन्द्र०, नेकपा९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा...

  • २०८० आषाढ १, शुक्रबार

    बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न आदेश

    काठमाडौं - जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले प्रहरी हिरासतमा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा...

  • २०८० आषाढ १, शुक्रबार

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

    काठमाडौं - प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो। कार्की...

  • २०८० आषाढ १, शुक्रबार

    मेयर शाहलाई साेधे नागरिक उड्डयनले सात दिने स्पष्टीकरण

    काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा बिहीबार भत्काएपछि आज प्राधिकरणले मेयर शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो । स्पष्टीकरणमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका वडा...

  • २०८० जेठ ३२, बिहिबार

    अध्यादेशमार्फत् कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड ३५ लाखको बजेट

    काठमाडौं - कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत आर्थिक मामिला मन्त्रालयको सभाहलमा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन् उनले वाचन गरेर सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६...

  • २०८० जेठ ३१, बुधबार

    प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार

    काठमाडौं - संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार गर्ने भएको छ। बुधबार बसेको समिति बैठकले केहि उजुरीकर्तासंग छलफल गरेपछि सुनुवाईका लागि बिहीबार कार्कीलाई समितिमा बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनले जननिर्वाचित प्रतिनिधि संस्थाको बैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने भएकाले उजुरीकर्ताको छलफलपछि...

  • २०८० जेठ ३१, बुधबार

    भ्रष्टाचारीलाई कारबाही गर्ने बिषयमा कसैसंग सम्झौता नहुने प्रधानमन्त्री प्रचण्डको अडान

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित स्मृति कार्यक्रममा प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको भन्दै कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारे। उनले सरकार आफ्ना लागि...

Pages