राजनीति
-
२०८० आषाढ २८, बिहिबार
राप्रपाको सदस्यता अब फोनबाटै
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सदस्यता अब अनलाइनमार्फत नै लिन सकिने भएको छ । राप्रपाको साधारण तथा सक्रिय सदस्य बन्न र आर्थिक सहयोग अनलाइनको व्यवस्था गरिएको र इच्छुकले फोनमार्फत नै सदस्य बन्न सक्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सदस्यता फारामका लागि राप्रपाको वेबसाइटमा गएर आवश्यक विवरण भएसँगै सहजै सदस्यता लिन सकिने उनको भनाइ छ । राप्रपाले एक वर्षभित्र पार्टीको सदस्य...
-
२०८० आषाढ २८, बिहिबार
मोदीको श्रद्धाञ्जली सन्देश नेपालीमा
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा नेपालीमै समवेदना सन्देश लेखेर दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् । दाहालको निधन खबरले आफू मर्माहत भएको बताउदै मोदीले हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्तिको प्रार्थना...
-
२०८० आषाढ २७, बुधबार
समाजवादी मोर्चाको आज बस्ने स्थगित
समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभयो । चार दल मिलेर बनेको उक्त समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजेका लागि नेकपा ९एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको थियो । आजको बैठकमा मोर्चाले सातै प्रदेशमा...
-
२०८० आषाढ २६, मंगलबार
प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो ? - प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । संसदमा स्पष्टीकरण दिँदै प्रचण्डले तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो भन्दै प्रश्न गरेका हुन् । ‘म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन’ प्रचण्डले प्रश्न गर्दै भने,‘के यहीँ हो...
-
२०८० आषाढ २५, सोमबार
भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौं स् सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ...
-
२०८० आषाढ २४, आइतबार
मिटरब्याज पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने
काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन्। नयाँ बानेश्वरमा आज मिटरब्याजबाट पीडितहरुको धर्नास्थल पुगेर सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने विश्वास दिलाए । “तपाईंहरुलाई म आश्वास्त बनाउन चाहन्छु की मिटरब्याजबाट पीडितलाई न्याय प्रदान गरी छाड्छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “मिटरब्याजबाट पीडितलाई न्याय...
-
२०८० आषाढ २२, शुक्रबार
कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं - कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दिएका छन् । एमालेले...
-
२०८० आषाढ २२, शुक्रबार
राजीनामाबाट एमाले पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं - प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो । एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले बताए । आज बसेको कार्यव्यवस्था परामर्श...
-
२०८० आषाढ २१, बिहिबार
‘प्रधानमन्त्री प्रचण्ड सदैव सङ्घीय संसद्प्रति जवाफदेही हुनुहुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको दाबी गर्दै यस विषयमा...
-
२०८० आषाढ १८, सोमबार
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा : गठबन्धन
काठमाडौं - सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा काँग्रेसलाई नेतृत्व दिने भएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट काँग्रेस ठूलो दल भएकाले कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा...
-
२०८० आषाढ १७, आइतबार
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन महानगरको ७ दिने अल्टिमेटम
काठमाडौं - आइताबर काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा तारबार गर्न त्यहाँ पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् । पाण्डे नेतृत्वको डेढ सयभन्दा बढी महानगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । सार्वजनिक जग्गा संरक्षण गर्नु...
-
२०८० आषाढ १७, आइतबार
कोशीमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं - कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले एक बिज्ञप्ति निकालेर...


