राजनीति
-
२०८० जेठ १८, बिहिबार
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेट
काठमाडौं - भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि...
-
२०८० जेठ १७, बुधबार
कोशी प्रदेशकी मन्त्री निर्मला तावा लिम्बूले दिइन् राजीनामा
काठमाडौं - कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छिन् । जनता समाजवाी पार्टी (जसपा) बाट मन्त्री बनेकी उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेकी हुन् । राज्यमन्त्री लिम्बूको राजीनामाअघि पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टीको निर्णयलाई मान्दै उनले तत्काल पदबाट...
-
२०८० जेठ १७, बुधबार
नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध : रवि लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्नु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक बुधबार प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएर पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसबेला प्रमाणीकरण नगरेर रोकिदिएको सो विधेयक प्रधानमन्त्री...
-
२०८० जेठ १७, बुधबार
नागरिकता विधेयक प्रमाणीकरणबारे राष्ट्रपति कार्यालयको तर्क
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै आलोचना बढेको छ । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको भनिएको छ । यो आफैंमा त्रुटिपूर्ण रहेको विज्ञहरु बताउँछन् । कुनै पनि विधेयक प्रमाणीकरणका लागि सरकारले होइन संसदले पठाउने हो । जुन सदनमा उत्पति भएको हो सोही सदनका सभामुख वा अध्यक्षले प्रमाणिकरणको लागि...
-
२०८० जेठ १७, बुधबार
भारतीय विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्री दाहाललाई स्वागत
नयाँ दिल्ली - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् । विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि अमेरिकामा रहेका कारण विदेश राज्यमन्त्री लेखी प्रधानमन्त्रीको स्वागतमा विमानस्थल पुगेकी थिइन्...
-
२०८० जेठ १७, बुधबार
प्रधानमन्त्रीसहितको टोली आज दिउँसाे भारत जाँदै
काठमाडौँ - चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा,...
-
२०८० जेठ १६, मंगलबार
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
काठमाडौँ - टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ । सरकारको सिफारिसमा...
-
२०८० जेठ १६, मंगलबार
वडाध्यक्षकै काम गर्ने भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले सांसदहरु बल्ल वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन् । उनले मंगलबार सामाजिक संजालमा स्टाटस लेख्दै सांसदहरु वडाध्यक्षको काम गर्ने मन भए किन सांसद बन्नु भएको भन्ने आशायको प्रश्नसमेत गरेका छन् । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो,’ उनले भनेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ...
-
२०८० जेठ १६, मंगलबार
बजेटमा गाँजाखेती सम्भाब्यता : वैधानिक हाेला त?
काठमाडौँ - नेपालमा पछिल्लो समय संसदमा समेत बहसको विषय बनेको गाजा खेतिबारे सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नै उल्लेख गरेको छ । गाजाखेतिको सम्भाब्यता अनुसन्धानलाई प्राथमिकता दिने भनी सरकारले बजेटमै उल्लेख गरेको हो । औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री डा.रामशरण महतले घोषणा गरेका छन् । नेपालमा गाँजाखेतिलाई बैधानिकता दिनेबारेमा राजनीतिक दलकै नेताहरुबीच...
-
२०८० जेठ १४, आइतबार
रेशम चौधरीलाई आममाफी कानूनअनुसार ठिक : सरकार
काठमाडौं - सरकारले रेशम चौधरीलाई आममाफी दिने निर्णय कानुन अनुसार ठिक भएको दाबी गरेको छ। गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कानूनभन्दा बाहिर गएर निर्णय नगरेको प्रस्ट्याइन्। उनले भनिन्, ‘रेशम चौधरीको मुद्दालाई सर्वोच्च अदालतको जुन फैसला भयो त्यो फैसलालाई उच्च अदालतको फैसलालाई सदर गरेको हो। उच्च अदालतको आदेशलाई नै सदर...
-
२०८० जेठ १४, आइतबार
रेशम चौधरीको कैद सजाय माफी
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी...
-
२०८० जेठ १४, आइतबार
बागमती प्रदेशसभाकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
हेटाैँडा - बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा...


