राजनीति
-
२०८० जेठ १४, आइतबार
चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिने
काठमाडौँ - जेल सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका चौधरीलाई आममाफी दिलाउने निर्णय गरेको हो । भोलि गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिमार्फत उनलाई आममाफी दिलाउनगरी मन्त्रिपरिषदले सिफारिस गर्ने निर्णय भएको स्रोतको भनाइ छ ।...
-
२०८० जेठ १२, शुक्रबार
राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धि प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । राष्ट्रपतिको रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च...
-
२०८० जेठ १२, शुक्रबार
संसद अवरुद्ध हुनैपर्छ : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाएका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोले...
-
२०८० जेठ १२, शुक्रबार
एमाले सांसदहरूका घेराउपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं - नेकपा एमालेका सांसदहरूले वेल घेराउसहित विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका...
-
२०८० जेठ ११, बिहिबार
राष्ट्रपतिसमक्ष पुग्यो रेशम चौधरीको माफी निवेदन
काठमाडौं - सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो । तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह...
-
२०८० जेठ ११, बिहिबार
टोपबहादुर र बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध ५ वटा मुद्धा दर्ता
काठमाडौं - नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा ३० जना प्रतिवादीविरुद्ध ५ वटा मुद्धा दर्ता गरेको छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो । ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुरमा कारबाही गर्न माग गरिएको छ । ३० जनामध्ये हालसम्म १६ जना पक्राउ परिसकेका छन् १४ जना फरार...
-
२०८० जेठ ११, बिहिबार
‘सांसद पद खारेज गरिपाऊँ’ भन्दै रवि लामिछानेविरुद्ध सर्वाेच्चमा फेरि रिट
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता गराएका हुन् । दर्ता भएको रिट रिट निवेदनको पेसी जेठ १७ गतेलाई तोकिएको छ । सर्वाेच्चमा दर्ता भएको रिटमा लामिछानेको सांसद पद खारेजसँगै सर्वोच्चको मिति २०७९–१०–१३ गतेको आदेशले कायम...
-
२०८० जेठ १०, बुधबार
नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ - नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन् । मन्त्री महतोको शपथपछि प्रधानमन्त्री प्रचण्डले शीतल निवासमै आयोजित समारोहका बीच प्रमिला कुमारीलाई राज्यमन्त्रीको...
-
२०८० जेठ ९, मंगलबार
जसपाबाट थपिए दुई मन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् । प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ । दुवैजना जसपाका हुन् ।
-
२०८० जेठ ९, मंगलबार
टोपबहादुर र बालकृष्ण खाँणसहित १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि थप गरिएको म्याद सकिएसँगै प्रहरीले मंगलबार अदालतमा आरोपीहरुलाई उपस्थित गराएर पुनः २ दिन अनुमति थप गरेको हो । नक्कली शरणार्थी प्रकरणमा हाल पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण,...
-
२०८० जेठ ८, सोमबार
राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ : राजेन्द्र लिङ्देन
काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पन्च, राजादेखि सबै उच्च पदस्थ र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरे । भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले...
-
२०८० जेठ ८, सोमबार
टोपबहादुर र बालकृष्ण खाँणसहित सबैलाई साढे २० वर्ष कैद सजायको मागदाबी
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परी हाल हिरासतमा रहेकाहरुलाई साढे २० वर्ष कैद सजायको मागदाबी गरिएको छ । सोमबार काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजायको मागदावी गरिएको छ । यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जना फरार छन् । पक्राउ पर्ने भीआईतीतर्फ...


